भैरहवा विद्युत प्राधिकरणमा उद्योगी र मजदुरको धर्ना
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १२:३३:१९
२२ पुस, काठमाडौं । भैरहवामा नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगका प्रतिनिधि र त्यहाँ कार्यरत मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरु नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि जम्मा भएर धर्ना दिएका छन् ।
उनीहरुले ‘ट्रंक लाइनको निहुँमा उद्योग मास्न पाइँदैन, नियमन आयोगको नियम लागु गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले आज विद्युत प्राधिकरणको कार्यालय अगाडि दुई घण्टा धर्ना दिने बताए । श्रेष्ठले करिब ४० वटा उद्योगका प्रतिनिधि धर्नामा सहभागी भएको बताए ।
बिलिङ गरिएका २३ वटा उद्योगहरु बन्द भएका छन् । थप १७ वटा आज स्वतःस्फूर्त बन्द हुने क्रममा छन्,’ श्रेष्ठले भने, ‘हामी करिब ४० उद्योगका प्रतिनिधिहरु धर्नामा छौं, उनले भने । उनका अनुसार पञ्चकन्या, समृद्धि स्टील, श्री स्टिल लगायतका उद्योगहरु बन्द भएका छन् । धर्नामा नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति राजेश अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, रुपन्देही उद्योग संघका प्रतिनिधि लगायत सहभागी रहेको श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार
चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव
जेठ १०, २०८१ बिहिबार
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
जेठ १०, २०८१ बिहिबार