कागतीको नियमित सेवनले धेरै गम्भीर रोगबाट बच्न सकिन्छ
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार ७:०:१६
२३ पुस, काठमाडौं । नेपालको जुनसुकै भेगम प्रायः सहजै पाइने कागती बहुउपयोगी फलफुलहरूमध्ये एक हो । यद्यपि यसलाई फलफुलका रूपमा भन्दापनि सर्वत र अचार बनाउने काममा बढी प्रयोग गरिन्छ । कागतीको नियमित सेवनले तपाईको स्वास्थ्यलाई धेरै फाइदा पुर्याउन सक्छ । कागती भिटामिन सीका साथै धेरै एन्टिअक्सिडेन्ट, पोटासियम, साइट्रिक एसिड र हाइड्रोक्लोरिक एसिडको पनि राम्रो स्रोत हो ।
यसले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र तपाईको छाला सुधार गर्दछ । यसका साथै कागतीको नियमित सेवनले धेरै गम्भीर रोगबाट पनि बच्न सकिन्छ । ५–१० रुपैयाँमा पाइने कागतीको नियमित सेवनले तपाईलाई स्वस्थ राख्न सक्छ र औषधिको लागत पनि बचाउन सक्छ ।
१. शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । भिटामिन सी एक पोषक तत्व हो जसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसबाहेक भिटामिन सीले शरीरमा सेतो रक्त कोशिकाको उत्पादन बढाउन मद्दत गर्छ, जसले शरीरलाई संक्रमण र रोगबाट बचाउँछ ।
२. छालाको चमक बढाउछ
कागतीमा एन्टिअक्सिडेन्ट गुण प्रशस्त हुन्छ । यस कारणले हाम्रो छालाको चमक बढाउन पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ । यदि तपाई नियमित रूपमा कागती सेवन गर्नुहुन्छ भने, तपाईलाई कम महँगो कस्मेटिक उत्पादनहरू चाहिन्छ ।
यसका लागि एक गिलास पानीमा कागतीको रस मिसाएर पिउनुपर्छ । यदि तपाई यसलाई लगातार सेवन गर्नुहुन्छ भने, तपाईको छाला केहि दिन भित्र चम्किलो हुनेछ ।
३. रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ
बजारमा पाइने उच्च चिनीको मात्रा भएका जुस र पेय पदार्थहरूको लागि कागतीको पानीलाई राम्रो र स्वस्थ्य विकल्प मानिन्छ । विशेष गरी मधुमेह रोगीहरुको लागी यसले चिनीलाई महत्वपूर्ण स्तरमा पुग्नबाट रोक्छ र शरीरलाई रिहाइड्रेट गर्छ ।
४. कब्जियतको समस्या हटाउँछ
यदि तपाईलाई कब्जियतको समस्या छ भने कागती पानी तपाईको लागि निकै फाइदाजनक साबित हुन सक्छ । दैनिक बिहान र दिनभरि एक गिलास मनतातो पानीमा कागतीको रस मिसाएर पिउँदा पनि कब्जियतबाट राहत मिल्छ ।
क्यान्सरबाट बचाउँछ
एन्डिअक्सिडियन्ट र भिटामिन सीयुक्त कागतीले शरिरमा अनावश्यक तत्वहरुलाई नष्ट गर्न र क्यान्सरको खतराबाट बचाउछ ।
स्वस्थ शरीर
कागती पानीमा पर्याप्त पोटासियम हुन्छ जसले दिमागलाई स्वस्थ राखनुका साथै रक्तचापलाई नियन्त्रणमा राख्छ ।
ताजा सास
सुक्ष्मजीवाणू बिरोधी तत्व रहेको कागतीलाई पानीमा निचोरेर खाँदा तपाईको श्वासको दुर्गन्ध हटाउनुका साथै मुखमा हुने रोग लाग्नबाट बचाउँछ ।
दिनहुँ कागती पानी पिउँदा तपाईँको स्वास्थ्यमा अपूर्व परिवर्तन आउँछ । कागती पानीले छालामा चमक ल्याउनेदेखि पेटको रोग समेत निर्मुल गर्छ । कागतीले शरिरमा उर्जा दिने, छुट्टै जोश प्रदान गर्ने र बुढ्यौलीपनबिरुद्ध लड्ने क्षमता राख्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाइल खोलिदिउँ भन्ने होइन, धमाधम फाइल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार