गोल्डेन ग्लोबमा ‘ओप्पनहाइमर’को दबदबा, सिलियन र एम्मा उत्कृष्ट कलाकार
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १०:४९:४३
२३ पुस, लसएन्जल्स । नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न गोल्डेन ग्लोब अवार्डमा धेरैको अपेक्षा अनुरुप क्रिस्टोफर नोलानको ‘ओप्पनहाइमर’ले सर्वाधिक ४ विधामा अवार्ड जितेको छ ।
अणु बमका आविष्कारक जे रबर्ट अप्पनहाइमरको जीवनीमा आधारित चलचित्रले दोस्रो विश्वयुद्धको समय र त्यसपछिको समयको उनको मनस्थितिलाई दर्साएको छ ।
हलिउड फरेन प्रेसले आयोजना गर्ने गोल्डेन ग्लोबमा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै निर्देशक, अभिनेता,सहायक अभिनेता र संगीत विधाका अवार्ड जितेको हो । यो चलचित्र १० विधामा मनोनयनमा थियो ।
चलचित्रबाट निर्देशक क्रिस्टोफर नोलानले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने सिलियन मर्फीले उत्कृष्ट अभिनेताको अवार्ड जिते । रबर्ट डाउनी जुनियरले सहायक अभिनेतातर्फ उत्कृष्ट ठहरिए । ६ पटक गोल्डेन ग्लोबको मनोनयनमा परेका निर्देशक नोलानले पहिलोपल्ट अवार्ड जितेका हुन् ।
‘ओप्पनहाइमर’ बराबर नै विधामा मनोनयनमा परेको ‘बार्बी’ले भने दुइटा अवार्डमा नै चित्त बुझाउनु पर्यो । चलचित्रले यही साल थपिएको ‘सिनेमाटिक एन्ड बक्स अफिस एचिभमेन्ट’ विधाको अवार्डमा जित्यो भने बिल्ली एलिस र फिनिएसको गीतले पनि अवार्ड जित्यो ।
यो चलचित्रलाई कमेडी विधातर्फको अभिनेत्री विधामा दाबेदार मानिएको थियो । ग्रेटा गेरविग निर्देशित यो चलचित्रमा मार्गरेट रोबीले उत्कृष्ट अभिनय गरेकी थिइन् । तर भेनिसको ८३ औँ संस्करणमा उत्कृष्ट मानिएको चलचित्र ‘पुअर थिंग्स’की अभिनेत्री एम्मा स्टोनले यो पुरस्कार हात पारिन् ।
उनको यो दोस्रो गोल्डेन ग्लोब अवार्ड हो । ड्रामा तर्फको अभिनेत्रीको अवार्ड भने ‘किलर्स अफ दि फ्लवार मुन’का लागि लिली ग्लाडस्टोनले जितिन् । गोल्डेन ग्लोबमा कान्स विजेता ‘एनाटोमी अफ फल’ले पनि दुइटा अवार्ड हात पार्यो । चलचित्रले गैर अंग्रेजी विधाको फिल्ममा अवार्ड जित्यो भने उत्कृष्ट पटकथाको अवार्ड पनि यही चलचित्रले पायो । सोमबार टेलिभिजन र फिचर फिल्म गरी ३० विधामा अवार्ड वितरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
बाहुबली निर्देशकको नयाँ फिल्म सुरू, राजमौली र महेश बाबुले लिएनन पारिश्रमिक
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार