बंगलादेश शेख हसिना विजयी, निर्वाचन विवादास्पद
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १२:४५:३१
२३ पुस, एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पाँचौँ कार्यकालका निम्ति विवादस्पद तरिकाले चुनाव जितेकी छन् । प्रतिपक्षी दलको बहिस्कारका बाबजुत बंगलादेशमा आइतबार आमनिर्वाचन भएको थियो । सोमबार बिहान निर्वाचन आयोगले हसिनाको सत्तारूढ दल अवामी लिग पार्टी विजयी भएको जनाएको छ ।
हसिना सन् १९९६ मा पहिलोपटक प्रधानमन्त्री बनेकी थिइन् । उनी २००९ मा दोस्रोपटक प्रधानमन्त्री बनिन् । त्यसयता उनी निरन्तर सत्तामा छिन् । बंगलादेशमा करिब १२ करोड मतदाता छन् । आमनिर्वाचनमा लगभग ४० प्रतिशतले मात्र मतदान गरेको बताइएको छ ।
विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले सो चुनाव बहिष्कार गरेको थियो । हसिनाले विपक्षी पार्टीलाई ‘आतंकवादी संगठन’ भनेकी छन् । बीएनपीका सहसचिव रुहुल कबीर रिजवीले अवामी लिग प्रतिपक्षविहीन भएर एकतर्फी चुनावमा गएको बताएका छन् ।
बंगलादेशको विपक्षी पार्टीका कैयौँ नेताहरू जेलमा छन् । हसिनाको सरकारले मानवअधिकार हनन र विपक्षी दलमाथि आक्रमण गरेको आरोप छ । प्रतिद्वन्द्वीबिना नै चुनाव गरेको हसिनाको सत्तारूढ पार्टीले एकदलीय व्यवस्था भन्नबाट जोगिन केही निर्वाचन क्षेत्रमा उमेदवार नउठाएको बताइएको छ ।
७६ वर्षीया हसिनाले भने यो निर्वाचनलाई ‘लोकतान्त्रिक प्रक्रिया’ भनेकी छन् । कुल ३०० मध्ये उनको पार्टीले २२० सिट जितेको छ । अरू दलसँगको साझेदारीमा उनको सरकार अझै बलियो बन्ने आकलन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार