एघार करोड खर्चेर चैनपुरमा खानेपानी
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १४:३०:१०
२३ पुस, भोजपुर । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा रु ११ करोड ११ लाख खर्चेर सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना निर्माण गरिएको छ । उक्त आयोजनाबाट एक सय १८ परिवार लाभान्वित भएका छन् ।
गत असारमा आएको बाढीले आयोजनामा क्षति पु¥याएको थियो । मर्मतपछि आयोजना पुनःसञ्चालनमा आएको हो । बाढीले आयोजनाको मुहानस्थल बगाएको थियो । मुहान बथाएपछि यहाँका तीन सय १८ परिवार पानीको समस्या भोग्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले मुहानस्थल पुनः निर्माण गरेको हो । आयोजनाका अध्यक्ष उद्धवराज त्रितालका अनुसार अहिले स्थानीयको घरमा पाइप जडान गरिएको छ ।
“केही दिनभित्र सबैको घरमा खानेपानी उपलब्ध हुन्छ”, उनले भने । बाढीले आयोजनामा क्षति पुगेपछि स्थानीयले खानेपानीका लागि सास्ती बेहोर्दैआएका थिए । झण्डै पाँच महिनापछि यहाँका बासिन्दाले खानेपानीको सुविधा उपभोग गर्न पाएका हुन् ।
आयोजनाको काम सम्पन्न भइसकेको छ, चाँडै उपभोक्ता समितिलाई हस्तान्तरण गर्छौँ”, डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले भने । आर्थिक वर्ष २०७५÷७६ मा आयोजना निर्माण कार्य अघि बढेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
जेठ ७, २०८१ सोमबार
सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
जेठ ५, २०८१ शनिबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा आज पेशी
जेठ ८, २०८१ मंगलबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार