तौबा तेरा जलवामा अभिनेत्री अमीषा पटेल लव गुरु
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार २१:३५:५०
२३ पुस, काठमाडौं । गदर’ अभिनेत्री अमीषा पटेल लव गुरु बनेकी छन् । उनी रियलमा नभएर रिल लाइफमा लव गुरु बनेकी हुन् । गत ५ जनवरीबाट प्रदर्शनमा आएको फिल्म ‘तौबा तेरा जलवा’मा उनी लव गुरु बनेकी हुन् । जसको जानकारी फिल्मका निर्देशक आकाशादित्य लामाले दिएका छन् ।
आकाशादित्य एक चर्चित लेखक, निर्देशक तथा थियटर कलाकार हुन् । उनले करियरको सुरुवात टिभी सिरियलबाट गरेका थिए । आकाशादित्यले फिल्म ‘गदर’का निर्देशक अनिल शर्माको सहायक भएर समेत काम गरेका थिए ।
फिल्म ‘तौवा तेरा जलवा’का लेखक समेत आकाशादित्य हुन् । फिल्मलाई राम्रो रिभ्यु मिलिरहेको छ । फिल्मको विषयमा मिडिया कुराकानीमा उनले २२ वर्षदेखि अमीषासँग काम गर्ने चाहना ‘तौवा तेरा जलवा’ले पुरा गरेको बताए । कुराकानीमा उनले टिभी तथा फिल्म दुनियाँका केही विषय समेत राखेका छन् ।
‘तौवा तेरा जलवा’को विषयमा निर्देशक आकाशादित्यले फिलोसफिकल रोमान्टिक ड्रामा बताएका छन् । ‘फिल्म प्रेमको कहानीमा निर्माण भएको छ । प्रेम के हो, कसरी र किन हुन्छ, प्रेमको अन्दाज के हो ।
फिल्मले देखाउनेछ’ आकाशादित्यले भने ‘फिल्मको भूमिका रियल क्यारेक्टरसँग इन्सपायर हो ।’ अमीषाको भूमिका पनि आफुले चिनेको त्यस्तै महिलासँग इन्सपायर रहेको समेत आकाशादित्यले खुलाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
बाहुबली निर्देशकको नयाँ फिल्म सुरू, राजमौली र महेश बाबुले लिएनन पारिश्रमिक
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार