न्यूरोडको एयरटेल सहकारी ठगीका नाइके अशोक गोयलको अर्को कुकृत्य
कीर्ते र ठगी धन्दामा संलग्न गोयललाई बागमतीका सहकारी मन्त्रीको साथ !
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १२:३४:४९
२४ पुस, काठमाडौं । देशकै प्रमुख व्यापारिक केन्द्र न्यूरोडको धर्मपथस्थित "एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेड"का पीडित बचतकर्ता सदस्यहरूको रकम छ महिनाभित्र फिर्ता गर्न जिल्ला र उच्च अदालतले गरेको आदेशपछि पनि उक्त सहकारीका पीडित बचतकर्ताले न्याय पाउनु त परैको कुरा फेरि ठगिने भयले चिन्तामा परेका छन् । पीडित उनीहरूले आफूहरू माथि पुन ठगी हुने प्रपञ्च चलिरहेकाले त्यसका विरुद्ध कानुनी कारबाहीमा लाग्नु परेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र वागमती प्रदेश सहकारी मन्त्रालयमा समेत उजुरी गर्न पुगेका छन् ।
विगतमा सहकारीभित्र मनोपली गरेर सर्वसाधारण शेयर बचतकर्ताले जम्मा गरेको करोडौं रकम हिनामिना गरेको आरोपमा २ वर्ष कैद सजाय पूरा गरी ठगिएका पीडितको रकम छ महिनाभित्र फिर्ता गर्ने जिल्ला र उच्च अदालतको आदेशानुसार कैद मुक्त भएका सहकारीका तत्कालीन प्रबन्ध सञ्चालक अशोक जैन (गोयल)ले स्वयम् आफूलाई समस्याग्रस्त सोही सहकारीको तदर्थ समितिको अध्यक्ष र आफूखुशी सदस्यहरू मनोनयन गरी उक्त सहकारीको सम्पत्तिमा फेरि डुबुल्की मार्ने प्रपञ्च गरेको खुल्न आएको छ ।
छ महिनाभित्र सहकारीका ऋणीहरूको ऋण असुली र फिर्ता गर्नुपर्ने बचतकर्ताको रकम फिर्ता गर्न आदेश दिएको लामो समय बितिसक्दा पनि उक्त आदेशको पालना हुनु त परैको कुरा फेरि ठगी गर्ने नियत पालिएको आशंकामा पीडित बचतकर्ताहरू प्रहरी र सहकारी विभागमा तथाकथित अध्यक्ष अशोक जैन गोयलमाथि कारवाहीको माग गर्दै उजुरी गरेका हुन् । पीडित बचतकर्ताका अनुसार उक्त तदर्थ समितिले आउँदो २८ गते शनिबार साधारणसभा डाकेको छ ।
जबकि सजाय भोगेर पीडितको रकम फिर्ता गर्ने न्यायालयको आदेशानुसार कैद मुक्त भएका व्यक्ति पुनः सोही सहकारीको सञ्चालक समितिमा बस्न कानूनले नै रोकेको अवस्था छ । यद्यपि, तत्कालीन प्रबन्ध सञ्चालक गोयलले आफूलाई नै तदर्थ समितिको अध्यक्ष घोषित गर्दै विगतमा कैद बस्दा कारागारमा चिनजान भएका व्यक्तिलाई सोही तदर्थ समितिमा राखेको आरोप पीडित पक्षको छ । विगतका सहकारीका सदस्यलाई तदर्थ समितिमा नराखेर अहिले बनाइएको तदर्थ समितिमा नयाँ अनुहार मात्र देखिनुलाई पुनः ठगी गर्ने प्रपञ्चका रुपमा सबैले बुझेका छन् ।
पीडित पक्षले यसअघि रोक्का भएको सम्पत्ति फुकुवा गरेर ठगी गर्ने नियतका साथ अशोक जैनले कानुनको पाटो उल्लंघन गर्दै आफैं तदर्थ समितिको अध्यक्ष बनेकोमा आपत्ति प्रकट गरेका छन् । जुन सहकारीमा ठगी गरेको आरोपमा २ वर्ष कैद सजाय भोगेर हरहिसाब मिलान गर्न न्यायालयबाट भएको आदेशानुसार कैद मुक्त भएका अशोक गोयल स्वयम् तदर्थ समितिमा बस्न नमिल्ने अवस्थालाई बागमती प्रदेशका कृषि तथा सहकारी मन्त्रीले नै मोटो रकम लिएर सघाईरहेको पीडित पक्षको दावी छ । बागमती प्रदेशका सहकारी मन्त्रीले अशोक गोयलको योजना र डिजाईन अनुसार नै सघाइरहेको र पीडितले सहकारीमा गरेको उजुरी थन्काइदिन कर्मचारीलाई आदेश दिएको बताइन्छ । पीडितले यसै विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी गर्ने तयारी गरेका छन् ।
यसै विषयलाई लिएर बागमती प्रदेश सहकारी कार्यालयमा सम्पर्क गर्दा त्यहाँका रजिष्ट्रारले आफ्नो कार्यालयलाई साधारण सभा हुन गइरहेको जानकारी मात्र दिएको दावी गरेका छन् । तर, त्यसलाई आफ्नो कार्यालयले अनुमोदन नगरेको उनको दावी छ । पीडितले रजिष्ट्रार समक्ष विगतमा सहकारीभित्र बदमासी गरेको अभियोग लागेर कैद समेत भुक्तान गरिसकेको व्यक्ति कसरी सोही सहकारीको तदर्थ समितिको अध्यक्ष हुन सक्छ भन्ने प्रश्नको जवाफ दिन नसकेर मौनता देखाएका थिए ।
झण्डै ५० करोड बराबरको रकम हिनामिना भएको अनुमान गरिएको उक्त सहकारीमा ६६ जनाको मात्रै २५ करोड भन्दा बढी बचत रकममा ठगी भएको छ । हजारौं बचतकर्ता सदस्य रहेको उक्त एयरटेल सहकारीका ६६ सदस्य मात्र त्यतिबेला आफ्नो फसेको रकम फिर्ता पाउन भन्दै प्रहरीमा ठगी निवेदन दर्ता गराएका थिए ।
प्रबन्ध सञ्चालक गोयलले आफ्नै पत्नी सुमन केडीया (गोयल)लाई सहकारीको अध्यक्ष तथा छोरीलाई लेखापाल बनाएर सहकारीमा जम्मा भएको निक्षेपलाई आफूखुशी लगानी गर्दै आएका थिए ।
संस्थाका अध्यक्ष र प्रबन्ध सञ्चालकसहित उनीहरू निकटस्थ रहेका सहकारीमै आवद्ध सीमा बंशल (अग्रवाल), सारीका जैन, सुरेन्द्र कुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रविन्द्र सिंह र दीपेन्द्र शर्मामाथि सहकारी पीडितले आफूहरू ठगिएको भन्दै किटानी जाहेरी दिएकोमा उनीहरू मध्ये कोही पक्राउ परेर कैद सजाय भुक्तान गरी निस्केका छन् भने कोही अझैसम्म पनि फरार नै छन् ।
प्रदेश नं. ३ को प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट २०७५ असोज १९ न्यूरोडस्थित एयरटेल वचत तथा ऋण सहकारी संस्थामाथि भएको आर्थिक अनियमितता प्रकरण छानविन गरी कारबाही गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरेको थियो । त्यसबेला अशोक गोयल लगायतलाई जोगाउन सुशिल नहाटाले निकै कसरत गरेका थिए भने अहिले बागमती प्रदेशका सहकारी मन्त्री खुलेआम अशोक गोयलको पक्षमा वकालत गर्दै हिँडेका छन् ।
स्मरणीय छ, सहकारीका तत्कालीन प्रबन्ध सञ्चालक अशोक जैन (गोयल) भारतीय नागरिक भएतापनि गलत विवरण देखाएर नेपाली नागरिकता लिएको प्रकरणमा पनि तानिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार