भक्तपुर नगरपालिकाबाट लिइने एसईई तयारी परीक्षा सुरू
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार १२:१२:१०
२५ पुस, भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा भक्तपुर नगरभित्र सञ्चालित सामुदायिक, संस्थागत र गुठीमा सञ्चालित सबै प्रकारका विद्यालयहरूका लागि लिइने एसईई तयारी परीक्षा बुधबारबाट सुरू भएको छ ।
भक्तपुर नगरभित्र सञ्चालित एक खुलासमेत १४ वटा सामुदायिक र ४५ वटा संस्थागत गरी जम्मा ५९ वटा विद्यालयबाट २ हजार ४ सय ५५ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका छन् । १४ वटा सामुदायिक विद्यालयमा एक खुला विद्यालयसमेत गरी सामुदायिक विद्यालयबाट ४ सय ५२ जना छात्रा र ३ सय ७१ जना छात्र गरी जम्मा ८ सय २३ जना विद्यार्थी सहभागी भएका छन् ।
त्यस्तै ४५ वटा संस्थागत विद्यालयबाट ७ सय १५ जना छात्रा र ९ सय १७ जना छात्र गरी जम्मा १ हजार ६ सय ३२ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । भक्तपुर नगरभित्र सात वटा परीक्षा केन्द्रमा सुरू भएको परीक्षा माघ ७ गते आइतबारसम्म सञ्चालन हुनेछ ।
भक्तपुर नगरपालिकाले विद्यार्थी र जिल्लाको शैक्षिक स्तर वृद्धि गर्न गत वर्षदेखि कक्षा १० को एसईई तयारी परीक्षा र कक्षा ५ को वार्षिक परीक्षा सुरू गरेको थियो । यस वर्षको कक्षा ८ को आधारभूत शिक्षा (कक्षा ८) परीक्षा र कक्षा ५ को वार्षिक परीक्षा भने चैतको पहिलो साताबाट सञ्चालन हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
सामुदायिक विद्यालयमा विद्यार्थी बढे, दुई ‘सिफ्ट’ मा सञ्चालन
बैशाख १८, २०८१ मंगलबार
विद्यार्थीको संख्या घटेपछि पर्वतका २५ विद्यालय समायोजन
बैशाख १७, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार