वालिङ साना शहरी खानेपानीमा कर्मचारीद्वारा आर्थिक हिनामिना, प्रतिवेदन नहुँदा अधिवेशन प्रभावित
मोहन गुरुङ
पुस २६, २०८० बिहिबार १५:४६:२४
पुस २६, स्याङ्जा । वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कर्मचारीहरूले आर्थिक हिनामिना गरेको भन्दै छानबिन समिति गठन गरिएको छ । संस्थाका सहायक लेखापाल र लेखा तथा नगद बिलिङ शाखामा कार्यरत दुई जना कर्मचारीद्वारा आर्थिक हिनामिना गरेको पुष्टि भएपछि समिति गठन गरिएको हो । दुवै जना कर्मचारीहरूलाई अहिले कार्यालयले बिदामा राखेको छ । छानबिन प्रभावित नहोस् भन्दै कर्मचारीलाई बिदामा राखिएको हो ।
आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षणको क्रममा दुवै जना कर्मचारीको संलग्नतामा करिब ११ लाख रूपैयाँभन्दा बढी हिनामिना गरेको प्रारम्भिक छानबिनबाट पुष्टि भएको छ । वालिङ साना शहरी खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष एवं छानबिन समितिका संयोजक रोशन कुँवरका अनुसार २०७९ साउन १ गतेदेखि मंसिर २ गतेसम्मको कार्यालय भौचार र बैंक भौचर हेर्दा करिब ११ लाख बढी हिनामिना भएको देखिएको प्रमाण भेटिएको छ । संयोजक कुँवरले भने, ‘प्रारम्भिक छानबिनको क्रममै छौं । हिनामिना रकमको अनुपात अझै बढ्न सक्छ ।’ उनका अनुसार कार्यालय प्रमुखकाे संलग्नता बारेमा पनि छानबिन भइरहेको छ ।
कार्यालयद्वारा समयमै आर्थिक प्रतिवेदन नबुझाउँदा गत पुस २० गतेलाई डाकिएको चौथो साधारणसभा एवं दोस्रो अधिवेशन अनिश्चित बनेको छ । संस्थाका अध्यक्ष विद्या श्रेष्ठले आर्थिक प्रतिवेदन नआउँदासम्म साधारणसभा नहुने बताए । ‘संस्थाको आर्थिक प्रतिवेदन आएको छैन, आर्थिक प्रतिवेदनबिना साधारणसभा र अधिवेशन हुनै सक्दैन, उनले भने । आर्थिक हिनामिनाको विषयबारे प्रश्न गर्दा छानबिन भइरहेको विषय भन्दै अध्यक्ष श्रेष्ठ खासै बोल्न चाहेनन् ।
संस्थाका कार्यालय प्रमुख देव बोगटीले छानबिनमा रहेका कर्मचारीहरू बिदामा बसेको जानकारी दिए । प्रमुख बोगटीका अनुसार एक जना बिरामी र अर्का घरायसी कामले बिदामा बसेका छन् । तर उनीहरूलाई निलम्बन वा बिदा भन्ने बारे पनि समितिमा फरक फरक मत रहेका छन् । यता, बिदामा बसेका भनिएका कर्मचारीहरूद्वारा हिनामिना रकम बैंकमा जम्मा गरेको पाइएको छ । उनीहरूद्वारा करिब ३ लाख ५० हजार रकम जम्मा गरिएको पाइएको छ ।
संस्थाले मासिक रुपमा करिब १२ लाख रूपैयाँ आम्दानी गर्छन् । जसमध्ये महसुलबाट ९ लाख ५० हजार र धारा जडान लगायत अन्य शीर्षकबाट करिब १ लाख ५० हजार रहेको छ । हाल करिब १० करोड बराबरको परियोजना चलिरहेको छ । पुस मसान्तमा सक्नुपर्ने परियोजना ठेकेदारका ढिलाइका करण तीन महिनालाई म्याद थप गरेको छ ।
संस्थाको नगर विकास कोषसँग करिब ३ करोड साँवा र ३१ लाख ब्याज गरी ३ करोड ३१ लाखभन्दा बढी ऋण रहेको छ । यही आर्थिक वर्षको अन्त्यसम्म पुरै ब्याज भुक्तानी गर्ने लक्ष्य रहेतापनि त्यहाँको व्यवस्थापकीय र प्रशासनिक अस्तव्यस्तले सम्भावना कमै देखिन्छ ।
२०५९ सालमा स्थापना भएको वालिङ साना सहरी खानेपानी उपभोक्ता संस्थामा हाल २ हजार ८७५ जना सदस्य छन् । त्रियासी, रामबाच्छा, मिर्दी, वालिङ र भकुण्डेमा संस्थाले दैनिक खानेपानी वितरण गर्दै आइरहेका छन् । दैनिक २३ लाख लिटर पिउने पानी खपत हुँदै आएको छन् । संस्थामा हाल विभिन्न तहमा १७ जना कर्मचारी कार्यरत छन् ।
मोहन गुरुङ
नेपालबहस डटकमका सह–सम्पादक मोहन गुरुङ एक दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । स्याङजा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गुरुङले अकला आवाज साप्ताहिक, रेडियो वालिङ, सौर्य न्युज र नागरिक दैनिकमा काम गरिसकेका छन् । भ्रष्टाचार, अनियमितता, विकृति एवं विसंगतिका विरुद्ध तिखो कलम चलाउने गुरुङ आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन् ।
लेखकबाट थपपर्वतको कुश्माबजारमा खानेपानीको अभाव, लोडसेडिङ सुरु
बैशाख २०, २०८१ बिहिबार
कालीकोट सदरमुकाममा सधैँ खानेपानीको अभाव
बैशाख १८, २०८१ मंगलबार
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
बैशाख १७, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार