बागलुङका किसानले फलाए २० करोडको सुन्तला
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १६:१४:२८
२७ पुस, बागलुङ । बागलुङमा यस वर्ष करिब २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल ३ सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा सुन्तला उत्पादन भएको हो । कृषि ज्ञान केन्द्र बागलुङले गरेको एक सर्वेक्षण अनुसारण यस वर्ष ३ हजार ९ सय मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष ६५ मेट्रिकटन सुन्तला कम फलेको सर्वेक्षणले देखाएको छ ।
कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाका कृषि शाखाद्वारा सुन्तला उत्पादन हुने क्षेत्रमा गरिएको सर्वेक्षणले जिल्लामा करिब २० करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए । ‘गत वर्षको तुलनामा बागलुङमा सुन्तला उत्पादनमा कमी आएको तथ्याङ्क निकालेका छौं । प्रारम्भिक तथ्याङ्कमा औँसा किरा र सुन्तलाको जरा कुहिने समस्याले उत्पादन घटेको हो ।’, उनले भने । उनका अनुसार सुन्तला गाउँका ?पमा चिनिएका सिगानामा सुन्तलाका बृद्धि बढेको छ । बिहुँ, सर्कवा लगायतका गाउँमा गत सालभन्दा केही कमी आएको पुनले बताए । किसानले उत्पादनको ७५ प्रतिशत सुन्तला किसानले बिक्री गरेका छन् ।
बागलुङको बिहुँ, सिगाना, सकुर्वा, बिनामारे, हरिचौर, बिरकोट, भकुण्डे र तित्याङ लगायतका स्थानमा बढी मात्रामा सुन्तला फल्ने गरेको पाइएको छ । उत्पादितमध्ये ६० प्रतिशत सुन्तला बिक्री भइसकेको छ भने अन्य सुन्तला बिक्रि हुँन बाँकी रहेको ज्ञान केन्द्रको तथ्याङ्कले जनाइएको छ । सुन्तला उत्पादनमा कमी आउनुमा व्यवस्थापकीय कमजोरी, मल नपुगेको र औशा किरा व्यवस्थापन गर्न नसकिएको अध्ययनले देखाएको छ । खेतमा लगाइका सुन्तलाका बोटका जरा कुहिने समस्या, औशा किराको प्रकोप समाधान साथै किसानह?लाई अभिमुखीकरण तालिमको खाँचो रहेकाले ज्ञान केन्द्रद्वारा तालिम आयोजना गरिने जनाएको छ ।
बागलुङको सुन्तला चितवन, काठमाडौँ, पोखरा, धादिङलगायत ठाउँसम्म पुग्ने गरेको सुन्तला पाइएको छ । जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन हुने सिगानाका किसानले सुन्तलाको मूल्य दोब्बर बनाउन भण्डारण गर्दै आएका छन् । पछिल्लो वर्षयता सिगानामा ३० हजार सुन्तलाका नयाँ बोट थपिएका छन् ।
पाँच वर्षपछि सिगाना गाउँबाट मात्रै करिब ५ करोडको सुन्तला बिक्री गर्ने लक्ष्य राखिएको कृषक शिवकुमार खड्काले बताए । ‘सिगानाको सुन्तलाको माग बढेको छ । जिल्लामा सुन्तलाको उत्पादनमा २५ प्रतिशत सिगानाको मात्रै योगदान छ’, उनले भने, ‘पहिला डोको बोकेर सुन्तला बिक्रिका लागि बागलुङ पुग्नुपर्ने थियो । अहिले ठेकेदार सिधै खरिद गर्न आउँछन ।’
पोखरा र काठमाडौंका व्यापारी सुन्तला बगानमै खरिद गर्न आउँदा बागलुङका किसानलाई निकै सहज भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार