मातहतका अधिकारीलाई प्रहरी महानिरीक्षकको निर्देशन, अनुमति विना कतै नजानु र नबोल्नु
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १६:३४:३८
२७ पुस, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी अधिकारीहरूलाई कडा निर्देशन जारी गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरको सचिवालयबाट जारी निर्देशनमा प्रहरी अधिकारीहरूलाई विना अनुमति कतै नजान र नबोल्न भनिएको छ ।
प्रहरी प्रधान कार्यालयका एक अधिकृतले दिएको जानकारी अनुसार मातहतका सबै विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं उपत्यका प्रही कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाममा पत्र पठाउँदै यस्तो निर्देशन जारी भएको हो । निर्देशन अवज्ञा भए विभागीय कारबाही गरिने उल्लेख छ ।
ती अधिकारीका अनुसार विभिन्न सरकारी तथा गैह्र सरकारी संघ–संस्थाका नीति निर्माण कार्य, साधारण सभा प्रशिक्षण, अन्तरक्रिया, सम्मान लगायत कार्यक्रममा गएर आफूखुशी बोल्ने क्रमले प्रहरीको चेन अफ कमाण्डमा समस्या आएपछि यस्तो निर्देशन जारी भएको हो । निमन्त्रणा भएमा सोको जानकारी माथिल्लो तहमा गराउन भनिएको छ ।
सम्बन्धित प्रहरी अधिकृतहरूले कुनै कार्यक्रममा जानुपरे कार्यक्रमको विषय–वस्तु, विषय विज्ञता, कार्यक्रमका सम्बन्धमा सांगठनिक धारणा र राय सुझाव के–कस्ता हुन सक्छन् भनेर महानिरीक्षकको सचिवालयमा जानकारी गराउनुपर्ने छ । जानकारी नदिई आफूखुशी सहभागी हुने र अभिव्यक्ति पनि दिने काम भए कारबाहीको भागिदार बन्नुपर्ने उक्त निर्देशनमा भनिएको छ ।
महानिरीक्षक कुँवरले अबदेखि कुनै पनि कार्यक्रममा सहभागी भएर बोल्नुअघि अनुमति लिनुपर्ने नियम लागु गरेका छन् । प्रहरी कर्मचारीहरूले आफ्नो व्यावसायिकता, अनुशासन, कर्तव्य एवं जिम्मेवारी बोध गरी उदाहरणीय बनी नेतृत्व गर्नुपर्ने भएकाले अब उप्रान्त कुनै पनि प्रहरी कर्मचारीलाई आउने निमन्त्रणाबारे प्रहरी प्रधान कार्यालयका विभागहरूमा जानकारी दिन भनिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयहरूले पनि सचिवालयमा जानकारी दिएर अनुमति लिनुपर्ने भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यालयहरूले काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट र प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयहरूले प्रदेश प्रहरी कार्यालयलाई जानकारी दिई त्यसबारे प्रहरी महानिरीक्षकको सचिवालयमा विवरण दिने व्यवस्था कायम गर्न निर्देशन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
मंसिरदेखि सम्पर्कविहीन १५ प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
माघ १०, २०८१ बिहिबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार