नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १५:१२:२४
२९ पुस, मध्यविन्दु 'नवलपरासी' । नवलपरासी बर्दघाट सुस्तापूर्वमा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रणबहादुर महतोले बताए ।
“यस वर्ष जिल्लामा एक हजार तीन सय ४६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा सो बिक्रीबापत कृषकले रु आठ करोड ७४ लाख ९० हजार अम्दानी गरेका छन्”, उनले भने । गत वर्षभन्दा यस वर्ष सात दशमलव ८६ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको सूचना अधिकारी महतोले बताए।
गत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा एक हजार दुई सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यसबाट रु सात करोड ५० लाख बराबरको आम्दानी भएको महतोले जानकारी दिए। सुन्तलाखेती गरिएको जमिनमध्ये एक सय ३२ हेक्टरमा प्रतिहेक्टर १० हजार मेट्रिकटन उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख सुनिलकुमार सिंहले बताए ।
“जिल्लाको बौदिकाली, बुलिङ्टार गाउँपालिका, गैँडाकोट नगरपालिका– १८, हुप्सेकोट वडा नं ५, देवचुली वडा नं ६, मध्यबिन्दु–८ र १५ वडा गरी कूल १७ वडामा सुन्तला जोन कार्यक्रम सञ्चालन गरिएको छ”, उनले भने, “पहिले सामान्यरुपमा सुन्तला लगाउने किसानले सुन्तला जोन कार्यक्रमपछि सरकारबाट विभिन्न खालका प्राविधिक सहयोग र अनुदान प्राप्त गरेर यसतर्फ आकर्षण बढ्दै गएको देखिन्छ ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आव २०७५÷७६ देखि नवलपरासी 'बर्दघाट सुस्तापूर्व'मा सञ्चालनमा आएको हो । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू नभएका केही स्थानमा पनि सुन्तलाखेती हुने गरेको कृषि ज्ञानकेन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए । पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला बन्दै गएको छ ।
बौदीकाली गाउँपालिका–५ बबकका कृषक गेसबहादुर रानाले यो याममा सुन्तला उत्पादनमा वृद्धि भएको बताए । “यो क्षेत्रमा अन्य खेतीभन्दा सुन्तला राम्रो उत्पादन हुने गरेको छ, अघिल्ला वर्षमा बजारको समस्या हुने गरेकामा यस वर्ष कतिपय व्यापारी बगैँचामै पुगेर खरिद गरेको हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ”, उनले भने । नवलपरासी 'बर्दघाट सुस्तापूर्व'मा उत्पादन भएको सुन्तला स्थानीय कावासोती, दलदले बजारसहित नारायणगढ, काठमाडौंलगायत बजारमा निर्यात हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार