आजदेखि गोदावरीधाममा बाह्रराशी दर्शन मकर मेला सुरु
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १६:९:२५
२९ पुस, कैलाली । कैलालीको गोदावरी नगरपालिका–५ स्थित गोदावरीधाममा बाह्रराशी दर्शन मकरमेला सुरु भएको छ । गोदावरीधाम विकास समितिको आयोजनामा आजदेखि सुरु भएको मेला आगामी माघ १२ गतेसम्म सञ्चालन हुनेछ ।
धार्मिक तथा पर्यटकीयस्थल गोदावरीधाममा पर्यटकीय चहलपहल बढाउने तथा यस क्षेत्रको प्रचारप्रसारमा मेला सहयोगी हुने विश्वासका साथ आयोजना गरिएको समितिका अध्यक्ष पदमराज जोशीले बताए । “मेलामा स्नान कुण्ड, कुम्भ बाटिकाको परिसर र बाटोको उचित व्यवस्थापन गरेका छौँ । खानेपानी र बिजुली बत्तीको पनि व्यवस्था मिलाएका छौँ”, उनले भने ।
“मेलामा बाह्रराशी, नवग्रह, सत्ताइस नक्षेत्रको स्थापना गर्नुका साथै लक्ष्य हवन गरिन्छ”, अध्यक्ष जोशीले भने, “विभिन्न पुरायणको प्रारायण, ग्रह पूजा तथा ग्रह शान्ति, भजनकीर्तन, प्रवचन तथा कविता गोष्ठी गरिने छ ।” मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र छिमेकीमूलुक भारतबाटसमेत भक्तजन आउने उहाँको भनाइ थियो । माघे सङ्क्रान्तिका दिन गोदावरी नगरपालिकाले अत्तरिया बजारदेखि गोदावरीधामसम्म भक्तजनका लागि निःशुल्क बसको व्यवस्था गरेको नगरप्रमुख वीरेन्द्र भट्टले जानकारी दिए ।
“माघे सक्रान्तिको दिन श्रद्धालु भक्तजनको बढी आवतजावत हुन्छ । आवतजावतमा समस्या नहोस् भनेर अत्तरिया बजारबाट गोदावरीधामसम्मका लागि छ वटा बसको व्यवस्था गरेका छौँ”, उनले भने, “गत वर्ष पनि हामीले निःशुल्क बसको व्यवस्था गरेका थियौँ । गोदावरीधाममा प्रत्येक वर्ष बाह्रराशी दर्शन मकरमेला लाग्ने गर्दछ । प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक १२ वर्षमा महाकुम्भ मेला लाग्ने गरेको गोदावरीधाम विकास समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार