बाह्य क्षेत्रमा सुधार देखिए पनि सरकारी खर्च र राजश्वमा अझै कमजोरी, ६ महिना बित्दा ५ खर्ब ६१ अर्ब मात्रै खर्च
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार १२:१०:२२
१ माघ, काठमाडौं । अर्थतन्त्रका बाह्य सूचक राम्रा देखिएपनि यो वर्ष पनि सरकारी खर्च र राजश्व संकलनमा कमजोरी देखिएको छ । चालु आर्थिक वर्षको हालसम्मको अवधि सकिंदा सरकारले ५ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले कुल ६६८ अर्ब रुपैयाँ राजस्ज संकलनको लक्ष्य राखेको थियो । यसको ७७ प्रतिशत संकलन ६ महिनामा भएको मन्त्रालयको भनाइ छ । पुस महिनामा मात्र १३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।
चालू आर्थिक कर्षको बजेट कार्यान्यवनको ६ महिना बित्दा सरकारको खर्च र राजस्व संकलन कमजोर देखिएको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस अवधिमा लक्ष्यको ७५.६५ प्रतिशत राजस्व संकलन भएको छ । त्यस्तै, वार्षिक बजेटको ३२.०३ प्रतिशत मात्रै खर्च भएको छ । आर्थिक गतिविधि शिथिलतालाई नजरअन्दाज गर्दै सरकारले चालू आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखको ल्याएको थियो ।
६ महिना बित्दा सरकारले पाँच खर्ब ६१ अर्ब मात्रै खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । यद्यपि, यसमा पुँजीगत, चालू र वित्तीय व्यवस्थातर्फ भएको निकासा खुलाइएको छैन । आइतबार साँझसम्मको अपडेटअनुसार चार खर्ब ९३ अर्ब राजस्व संकलन भएको छ । जुन पहिलो ६ महिनाका लागि निर्धारित लक्ष्यभन्दा एक खर्ब ५८ अर्ब ६१ करोड ८६ लाख रुपैयाँ कम हो । पुस मसान्तसम्म आयकर र मूल्यअभिवृद्धि करको पहिलो किस्ता बुझाउने समय भएकाले बढी राजस्व संकलन हुने गरेको छ ।
अर्थ मन्त्रालयले आइतबार साँझसम्म पाँच खर्ब ११ अर्बको राजस्व संकलन भएको जानकारी दिएको छ । बजेटको लक्ष्यमा नराखिएको अन्य प्राप्ति शीर्षकको रकमलाई समेत समेटेर अर्थ मन्त्रालयले राजस्वको तथ्यांक सार्वजनिक गर्दै आइरहेको छ । तर, अन्तर्राष्ट्रिय मुद्राकोषको मापदण्डअनुसार यसलाई राजस्वबाट अलग्गै शीर्षकमा देखाउनुपर्ने हुन्छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा यस्तो प्राप्तिसमेत जोडेर राजस्व संकलन चार खर्ब ८३ अर्ब पुर्याइएको थियो ।
महालेखाको तथ्यांकअनुसार गत वर्ष यही अवधिमा चार खर्ब ५८ अर्ब ९८ करोड राजस्व संकलन भएको थियो । जसअनुसार गत आवको पहिलो ६ महिनाको दाँजोमा अहिले ३४ अर्ब बढी राजस्व उठेको देखिन्छ । मासिक तथ्यांकका आधारमा हेर्दा राजस्व संकलन क्रमशः बढ्दो क्रममा देखिन्छ । मंसिरमा ८६ अर्ब ७८ करोड राजस्व उठेकोमा पुसमा एक खर्ब २९ अर्ब राजस्व संकलन भएको हो ।
महालेखा नियन्त्रकको कार्यालयअनुसार आइतबार एकै दिन ३४ अर्ब बढी राजस्व उठेको छ । अनुमानित हिसाबले खर्च हुन नसकेको र राजस्वसमेत बढ्दै जाँदा पुस मसान्तसम्म सञ्चित कोष घाटा घटेर ६० अर्बमा झर्ने कार्यालयका अधिकारीहरूको अनुमान छ । जुन तीन दिन पहिलेसम्म एक खर्ब ४० अर्बसम्म पुगेको थियो । सरकारी कोषबाट हुने निकासाको तुलनामा आम्दानी कमजोर भएपछि सञ्चित कोष घाटा चुलिँदै जाँदा सरकारको नियमित भुक्तानीसमेत प्रभावित बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार