संविधानले गरेको व्यवस्था अनुसार कानुनहरू बनाएर जनतालाई अधिकार दिन ढिला नगर्नुसः राष्ट्रपति
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार १३:४२:१८
१ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको असर दलका नेताहरुलाई शीतलनिवास बालाएर सम्झाएका छन् । जनता निरास भइसक्दा पनि नेताहरु किन नसुध्रिएको भनेर उनले प्रश्न गरेका छन् । संविधानले गरेको व्यवस्था अनुसार कानुनहरू बनाएर जनतालाई अधिकार दिन ढिला हुँदा जनतामा निराशा बढेको भन्दै त्यसतर्फ राजनीतिक दलका नेताहरूको उनले ध्यानाकर्षण गराएका छन् ।
माघी पर्वका अवसरमा लन्चसहित सबै दलका नेताहरूलाई शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले संविधानले जनतालाई दिएको अधिकार बेजोड भए पनि कानुन बनाएर कार्यान्वयनमा लैजान ढिला भएकोमा जनमानसमा असन्तुष्टि र निराशा छाएको बताए । राष्ट्रपति पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको तर, नेताहरुमा सुधार नआएको बताए ।
माघी पर्वको उपलक्ष्यमा शीतलनिवासमा सोमबार आयोजित शुभकामना आदानप्रदानका क्रममा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई सम्बोधन गर्दै उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्छौँ भन्ने प्रण गर्न पनि आग्रह गरे । यो संविधानले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको छ । विश्व समुदायले पनि हाम्रो संविधानको प्रशंसा गरेको छ । तर यसको व्यावहारिक रूपमा पूर्ण कार्यान्वयन हुन बाँकी छ’, उनले भने, ‘जनताको निराशा अरु कारणले होइन, संविधान कार्यान्वयन नभएर हो । संविधान कार्यान्वयन गर्न छिटो कानुन बनाएर जनताको निराशालाई आशामा परिणत गर्नतपाइहरु लाग्नुस ।’
पौडेलले नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको स्पष्ट पारे । ‘नेपाली जनताको चाहना मैले पनि बुझेको छु । नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहँदैनन् । उनीहरूको चाहना अगाडि बढ्ने नै हो । त्यसैले समावेशी संघीय लोकातान्त्रिक गणतन्त्र साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाईं हामी सबै मिलेर आजको दिनमा प्रण गरौँ’, उनले भने ।
पौडेलले माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनीधित्व गर्ने भएकाले विषेश महत्व रहेको बताए । कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रियसभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनीधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरू उपस्थित थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने काठमाडौं बाहिर जाने कार्यक्रम भएकाले शुभकामना दिएर निस्किएका थिए । संविधानले पिछडिएका, उत्पीडित र उपेक्षित वर्गलाई जे अधिकार दिएको छ त्यो कार्यान्वयनमा सार्थक हुनुपर्याे,’ शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले भने, ‘त्यसलाई हामीले व्यवहारमा उतार्नका लागि कानुनहरू बनाउनुपर्नेछ, अब हामी गछौ भनेर प्रण गर्नुस ।’
उनले दलका नेताहरूलाई कानुन बनाउन ध्यान दिन जोड दिँदै भने, ‘तपाई संसद्का मित्रहरू सबैले विशेष गरी ध्यान दिनुपर्ने विषय संविधानले जे परिकल्पना गर्याे ,त्यसलाई कानुनद्वारा व्यवस्थित गर्ने आवश्यकता छ । ती कानुनहरूको निर्माण छिटोभन्दा छिटो हुन जरुरी छ भन्ने मलाई लागिरहेको छ ।’ उनले जनतालाई निराश नबनाउन विशेष आग्रह पनि गरे । ‘देशमा निराशा र इत्यादि कुराहरू आएका छन–त्यो संविधान कार्यान्वयनको कमीले हो, नेताहरुका कारणले हो’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा नेपाल पार्टी विभाजनविरुद्ध अदालत जाने, बुधबार पत्रकार सम्मेलन गर्दै
बैशाख २५, २०८१ मंगलबार
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति
बैशाख २५, २०८१ मंगलबार
जसपा नेपाल पार्टी विभाजनविरुद्ध अदालत जाने, बुधबार पत्रकार सम्मेलन गर्दै
बैशाख २५, २०८१ मंगलबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
'पेमेन्ट गेटवे' प्रकरणमा सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
बैशाख २५, २०८१ मंगलबार
‘पूजार सार्की’को ट्रेलर सार्वजनिक
बैशाख २५, २०८१ मंगलबार
नक्कली नोटसहित जाजारकोटबाट एक महिला पक्राउ
बैशाख २५, २०८१ मंगलबार