फेसबुकको एक कमेन्टले व्यापारीमा खैलाबैला, कारण यस्तो थियो !
इन्द्र रिजाल
बैशाख ७, २०७६ शनिबार १३:१:७
काठमाडौँ । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने बक्र्यौता रकम नतिरी शक्ति केन्द्र धाउँदै हिँडेका व्यापारीले सकेसम्म राज्यलाई अप्ठ्यारो पार्ने प्रपञ्चमा लागेका छन् ।
राज्यमारा र प्रयोग गरेको विद्युत्को बिल समेत तिर्न अटेर गर्दै आएका व्यापारीले सर्वोच्च अदालत, उच्च अदालतमा निवेदन दिएकै भरमा उम्कन सकिन्छ कि भनेर अनेकन तिकड्म र षड्यन्त्र समेत जारी राखेका छन् । यसै क्रममा घटनामा नयाँ टुइस्ट आएको छ ।
प्राधिकरणको बिल तिर्न अटेर गर्दै आएका व्यापारीलाई व्यपारीकै अर्का नेताले सामाजिक सञ्जाल फेसबुकमा एक झटारो हानेपछि यतिखेर व्यापारीमा खैलाबैला मच्चिएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा ‘फेसबुक काण्ड’ ले हलचल ल्याएको छ । यो खबर आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले आफ्नो फेसबुक पेजमा शेयर गरेको ‘कन्टेन्ट’ ले हलचल ल्याएको स्वयम व्यापारीहरु नै बताउँछन् । श्रेष्ठले गत बुधबार ‘कुलमान घिसिङ बिजुलीको बिल नतिर्ने लुटेराहरुको लिस्ट तयार भएछ’ भन्ने कन्टेन्ट शेयर गरेका छन् । यो कन्टेन्ट सामाजिक संजालमा केही दिनदेखि भाइरल भएको विषय थियो ।
कुनै एउटा समूहले तयार पारेर फेसबुक र ट्विटरमा हालेको कन्टेन्टलाई श्रेष्ठले शेयर गरेका थिए । अनि त के चाहियो र प्राधिकरणको बक्र्यौता नतिर्न अनेकन तिकडम गर्दै आएकालाई समेत त्यसले राम्रै पु¥याएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
संघीय संसदका ५ समितिको बैठक बस्दै
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार