नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार १३:५५:४६
२ माघ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले पुलमा एक तह कालोपत्रको काम बाँकी रहे पनि गाडी गुड्न थालेको बताए ।
आचार्यका अनुसार सडकखण्डका १२ पुल सञ्चालनमा आइसकेका छन् । १९ पुलमध्ये पहिलो चरणमा चार पुल निर्माण भएका हुन् । पछिल्लो प्याकेजका १५ पुलमध्ये आठवटा पुल निर्माण सम्पन्न भएका छन् । थप चार पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने आचार्यले जानकारी दिए । सडकखण्डको भरतपुर महानगरपालिकामा रहेका सबै पुल चैतभित्र निर्माण सम्पन्न हुनेछन् । यो प्याकेजको अन्तिम म्याद चैत मसान्तसम्म रहेको आयोजना इन्जिनीयर विजय दराईले जानकारी दिए । आठ पुलमध्ये तीन पुल निर्माणको काम बाँकी छ । जुगेडी, खहरे र सिमलतालको पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने दराईले बताए ।
इच्छाकामनातर्फको पुल निर्माणका लागि एक वर्षको म्याद छ । सात पुलमध्ये दुई पुल सञ्चालनमा आइसकेका छन् । दुई पुलबाहेक सबै असारसम्ममा निर्माण सम्पन्न हुने गरी काम भइरहेको दराईले बताए । खहरे खोलाको पुल निर्माणको काम भइरहेको छभने तुइन खोलामा अहिले पुल निर्माणका लागि दिउँसोको समयमा सडक बन्द गरेर पहाड फोर्ने काम भइरहेको छ । अहिलेसम्म १५ मिटर पहाड काटिसकिएको छ । थपिएको समयमा अधिकांश काम सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।
यस सडकखण्डमा २०७६ साल चैतदेखि १५ पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सनले लिएको थियो । विश्व बैङ्कको सहयोगमा पुल निर्माण गरिएका हुन् । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी साधन आवागमन हुने गर्छ । तराईबाट राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक हो । केही वर्षअघि सडक विस्तार गरिएपछि पुल फराकिलो बनाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा जनजाति सङ्ग्रहालय अधुरै
जेठ ३, २०८१ बिहिबार
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार