शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’ राख्ने
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १०:५८:३०
४ माघ, कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दुर्लभ चराबारे जानकारी दिने उद्देश्यले बोर्ड राख्ने काम गरिएको हो । बोर्डमा निकुञ्जमा पाइने दुर्लभ २४ प्रजातिका चराको नामसहितको तस्विर राखिएको छ ।
यसमा सिमतित्रा, कैलोटाउके हाँस, राजलहाचे, खरमुजुर, सानो खरमुजुर, उत्कोशी फ्यालफ्याले, गोमायु महाचील, रणमत्त महाचिल, सारस, लोभीपापी गरुड, भुँडीफोर, बोक्सी चील, लघु महाचील, जीवाहार चील रहेका छन् । यसैगरी सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, वन चाहा, सेतोकण्ठे घिप्सी, काँसे घाँसेचरी, नर्कट भ्याकुर, सुनौलो टोपचरा, बगाले बगेडीलगायत चराका तस्विर होर्डिङ बोर्डमा अङ्कित गरिएको छ । होर्डिङ बोर्डमा चराको नेपाली र अङ्ग्रेजी नामसहित राखिएको छ ।
“विश्वमै दुर्लभ लोपोन्मुख चरा जुन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइने गरेका छन्”, प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाका कार्यसमिति सदस्य सुवन चौधरीले भने, “चरा प्रेमी तथा निकुञ्ज भ्रमण गर्ने पर्यटकको सहजताका लागि होर्डिङ बोर्ड राखेका हौँ ।” निकुञ्जको पर्यटन प्रवद्र्धन हुने गरी पर्यटक सहयोगी चरा चिनारी बोर्ड राखिएको उनको भनाइ रहेको छ । चराका तस्विर अङ्कित होर्डिङ बोर्ड नेपाल भारत सीमा गड्डाचौकी र निकुञ्ज प्रवेशद्वार अगाडि राखिएको छ ।
अन्य स्थानमा समेत चराका तस्विर भएका बोर्ड राख्ने कार्यक्रम रहेको पथप्रदर्शक सङ्घका अध्यक्ष खेम भण्डारीले बताए । निकुञ्जमा रहेका लोपोन्मुख चराको संरक्षण र प्रचारप्रसारमा टेवा पु¥याउने बोर्ड राखिएको उनको भनाइ छ । निकुञ्जमा विश्वका दुर्लभ चरा २४ र अन्य चार सय ६५ चरा पाइने जनाइएको छ । किराफट्याङ्ग्रा नियन्त्रण गर्न, बीउ छर्न, परागसेचन गर्न, परिस्थितिकीय प्रणालीमा चराले सहयोग पुर्याउने गरेका छन् । यसका अतिरिक्त चराले पर्यापर्यटनमा टेवा पुर्याउने कार्यसँगै वातावरणको शोभा बढाउन, विभिन्न धार्मिक सांस्कृतिक र वैज्ञानिक महत्व बोकेका हुन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार