ललिता निवास जग्गा प्रकरणको मुद्धा खारेज हुनुपर्ने विशेष अदालतमा बहस
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार २२:४८:५५
४ माघ, काठमाडौं । बालुवाटारस्थित चर्चित ललिता निवास जग्गा मुद्दा प्रकरणमा बहस गर्ने कानुनविदहरुको मुद्धा नै खारेज गर्नुपर्ने जिकिर गरेका छन् । विशेष अदालतमा बिहिबार वहस गर्ने क्रममा कानुन व्यवसायीहरुले मुद्धा खारेज गर्नुपर्ने जिकिर गरेका थिए । उनीहरूले बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा पेसी रहेको मुद्दामा आरोपितको पक्षबाट बहस भइरहेको छ ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको आरोपमा विशेष अदालतमा दर्ता भएको भ्रष्टाचार तेस्रो दिन १५ जना कानुन व्यवसायीले आफ्नो तर्क राखेका छन् । उनीहरुहरुले पर्याप्त अनुसन्धान नभई हचुवाको भरमा मुद्धा चलाएको भन्दै जग्गा किन्नेहरू दोषी नभएको जिकिर गरेका थिए ।
विशेष अदालतका अनुसार सात जना प्रतिवादीको तर्फबाट बहस भएको छ । कलाधर देउजा सहितका मालपोत कार्यालय र भूमि सुधार कार्यालयका तत्कालीन अधिकृतहरूको पक्षमा बहस चलिरहेको छ । बिहीबार वरिष्ठ अधिवक्ताहरू सुर्यप्रसाद कोइराला, नरेन्द्र गौतम, शम्भुप्रसाद पोखरेल अधिवक्ता उमाशंकर जोशीलगायतले इजलासमा आफ्नो तर्क पेस गरेका थिए ।
उनीहरूले बहसका क्रममा अभियोगपत्र हचुवाको भरमा र पर्याप्त अनुसन्धान नै नभएको दाबी गरेका छन् । उनीहरूले अख्तियारको अनुसन्धानमा प्रश्न उठाउँदै एकै व्यक्ति विरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गर्ने अनि दुःखमात्र दिने नियत राखेर अभियोगपत्र पेस गरेको दाबी उनीहरुले गरेका छन् । ‘राजनीतिक सौदावाजी र स्टण्डका लागि मात्रै मुद्धा दायर भएको हो’, उनीहरूको जिकिर थियो ।
वरिष्ठ अधिवक्ताहरूले बहसका क्रममा ललिता निवासको सरकारी जग्गा मन्त्रिपरिषदको निर्णयका आधारमा भएकाले मालपोत कार्यालयका कर्मचारीको कुनै पनि भूमिका नभएकाले अभियोग पुष्टि नै हुन नसक्ने दाबी गरे । उनीहरूले अभियोग पत्रमा लगाइएका सबै अभियोग निराधार रहेको दाबीसमेत इजलासमा गरे । उनीहरूले जग्गामा भ्रष्टाचार भएको, मोही घुसाइएको र बिचौलियाहरुसँग मिलेमतो गरेको दाबी गरिएको तर नेपाल सरकारको निर्णयमा टेकेर निर्णय गरेकाले दाबी र आधार नै नमिल्दो देखिएको दाबी उनीहरूले गरेका छन् । अभियोगपत्रमा गहन अनुसन्धान गरी कसले कुन अभियोग गरेको हो भनी दाबी गर्नुपर्नेमा समग्रमा आरोप लगाएकोले तथ्यसँगत नभएको दाबी उनीहरूले गरे ।
उनीहरूले अभियोगको कुनै पनि माग पुष्टि गर्ने आधार, प्रमाण र तथ्य पेस नभएकाले खारेज गरी आफ्ना प्रतिवादीहरुलाई सफाइ दिनुपर्ने माग उनीहरूले गरे । हालसम्म सात जनाको मात्र बहस भएको र वरिष्ठ अधिवक्ताहरू धेरै नै वकालतका लागि पर्खाइमा रहेकाले करिब एक साता बहसमै जानसक्ने विशेष अदालतले जनाएको छ ।
मंगलबारबाट सुरु भएको बहसमा सरकारी पक्षले २ दिनमात्र बहस गरेको थियो। मंगलबार र बुधबार सरकारी पक्षले बहस गरेका थिए । बुधबार अबेर आरोपितका कानुन व्यवसायीले बहस सुरु गरेको र बिहीबार दिनभर उनीहरूले नै बहस गरेका थिए । उक्त मुद्दामा धेरै उच्च तहका व्यक्तिहरु विरुद्धसमेत मुद्दा दायर भएको र उनीहरूले धेरै जना वरिष्ठ अधिवक्तालाई बहसका लागि वकालतनामा भराएकाले लामो समयसम्म मुद्दा हेर्दा हेर्दै हुने विशेष अदालतले जनाएको छ ।
अख्तियारले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ पूर्वमन्त्री र ३ पूर्व सचिवसहित १७५ जनालाई प्रतिवादी बनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार