चलायमान अर्थतन्त्रको व्यापारमा देखिएन असर, आयात र निर्यात दुवै ऋणत्मक
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार ११:५३:४४
५ माघ, काठमाडौं । अर्थतन्त्रका सूचकहरुमध्ये मुख्य हो, वैदेशिक व्यापार । तर, सरकारले समग्र अर्थतन्त्रमा सुधार आइरहेको बताए पनि वैदेशिक व्यापार भने गत वर्षको तुलनामा ऋणात्मक देखिन्छ । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार वैदेशिक व्यापार अन्तर्गत निर्यात र आयात दुवैमा कमी आएको छ । समग्रमा अर्थतन्त्रमा समष्टिगत माग अझै कम नै देखिन्छ । चलायमान अर्थतन्त्रको अझै माग भएको विभागको तथ्याङ्कले देखाउँछ ।
यस अर्थले हेर्ने हो भने अर्थतन्त्रले अझै गति लिन नसकेको देखिन्छ । अहिले अर्थतन्त्रमा संकुचन कायमै रहेको अनुमान गर्न सकिन्छ । विगतको तुलनामा डिजेल, उत्पादनमा आधारित कच्चा पदार्थको आयात पनि घटेको हुँदा उद्योग व्यवसाय पूर्ण रूपमा चल्न सकेको देखिँदैन । पूर्वाधार र विकास निर्माणका काममा पनि सुधार देखिएको छैन । अर्थतन्त्रले न्यून मागको दवाव झेलिरहेकाले आयातसँगै निर्यात व्यापार पनि खुम्चिन पुगेको अर्थविदहरु बताउँछन् । भन्सार विभागले सार्वजनिक गरेको व्यापार तथ्याङ्कले पनि वैदेशिक व्यापारमा लिन नसकेको देखाउँछ ।
विभागको विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो ४ महिनामा ५ खर्ब १२ अर्ब रूपैयाँको आयात भएको छ । उक्त रकम आर्थिक वर्ष ०७९/८० को सोही अवधिको तुलनामा ३.७९ प्रतिशत कम हो । गत आर्थिक वर्षको ४ महिनामा ५ खर्ब ३२ अर्बको आयात भएको थियो । चालू आर्थिक वर्षको पहिलो ४ महिनाको निर्यात व्यापार पनि ७.६८ प्रतिशतले घटेर ५० अर्ब ५६ करोडमा आएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ५४ अर्ब ७७ करोडको निर्यात भएको थियो । ५ महिनाको तथ्याङ्क अनुसार आयात ३.३९ प्रतिशतले घटेर ६ खर्ब ४२ अर्ब २० करोडमा सीमित भएको छ भने निर्यात व्यापार पनि ६.०९ प्रतिशतले घटेर ६३ अर्ब २० करोडमा झरेको छ । यसले पनि चालू आर्थिक वर्षको ६ महिनासम्म पनि आयात निर्यात व्यापार खुम्चिने क्रम नरोकिएको देखिन्छ ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोडको आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड रूपैयाँमा झरेको छ । अर्थात् आयात व्यापार ३.०९ प्रतिशतले घटेको छ । निर्यात व्यापार पनि ७.२३ प्रतिशतले घटेर ७४ अर्ब ९६ करोड रूपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्ष ०७९/८० को पहिलो ६ महिनामा ८० अर्ब ८० करोडको निर्यात भएको थियो ।
विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी ६६ अर्ब ४९ करोड रूपैयाँको डिजेल आयात भएको छ । गत वर्ष यही अवधिमा ७० अर्ब ११ करोडको आयात भएको थियो । पेट्रोल भने सामान्य वृद्धि भएको छ । गत वर्ष ६ महिनामा ३३ अर्ब ५४ करोडको आयात भएको पेट्रोल अहिले ३३ अर्ब ९२ करोडको भित्रिएको छ । २५ अर्ब ४६ करोडको ग्यास, २२ अर्ब ३६ करोडको एचआर सिट, १९ अर्ब ३७ करोडको शुद्ध फलाम, १८ अर्ब ७४ करोडको तयारी कपडा र १५ अर्ब ६७ करोड रूपैयाँको मोबाइल आयात भएको छ ।
सबैभन्दा बढी फलामे पाता ६ अर्ब १४ करोडको निर्यात भएको छ । गत वर्षको ६ महिनामा २ अर्ब ७८ करोडको निर्यात भएको थियो । प्रशोधित पाम तेल भने २ अर्ब ९० करोड रूपैयाँको निर्यात भएको छ । ६ महिनामा राजस्व संकलनमा सामान्य सुधार भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा दुई खर्ब राजस्व संकलन भएको छ । गत वर्ष ६ महिनामा १ खर्ब ८८ अर्ब १६ करोड रूपैयाँ संकलन भएको थियो । अहिले बजारमा भुक्तानी हुन बाँकी रकम पनि सरकारले तिरि रहेको छ । अर्थतन्त्र सुधार उन्मुख छ । बैंकको ब्याजदर घटेको छ । तर, वैदेशिक व्यापार ऋणात्मक छ । स्वदेशी वस्तु निर्यात बढाउन नीतिगत परिवर्तन आवश्यक रहेको व्यापारीहरू बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार