वर्षको सुरु देखि नै विदेशी लगानीमा सुधार, उर्जा क्षेत्रमा आकर्षण
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १२:१८:०
५ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार यो वर्ष विदेशी लगानीमा सुधार देखिएको छ । तर, राम्रो भयो भनेर विश्लेषण गरिहाल्ने बेला भएको छैन । यो कति दिगो हुन्छ भन्ने कुरा हेर्नुपर्छ । यस अर्थमा नेपाल भित्रिएको विदेशी लगानीमा आशातित रूपमा सुधार हुन नसके पनि सुधारका संकेत भने देखिएको राष्ट्र बैंकको भनाइ हो ।
चालु आर्थिक वर्षको पाँच महिनामा ३ अर्ब ९२ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा यस वर्षको सोही अवधिमा नेपाल भित्रिएको विदेशी लगानी ३ अर्ब ३१ करोड रुपैयाँले बढी हो । गत वर्षको मंसिरसम्म ६० करोड ४९ लाख रुपैयाँ मात्र विदेशी लगानी भित्रिएको थियो ।
पछिल्ला वर्षमा नेपाल भित्रिने प्रत्यक्ष एफडीआई मध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत चार आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
नेपालमा लगानीका अन्य क्षेत्रको तुलनामा जलविद्युत् क्षेत्रमा तुलनात्मक लाभ धेरै रहेकाले पछिल्ला वर्षहरूमा विदेशी लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौतापछि यो क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने भनेको छ । यसले बजार सुनिश्चित भए लगानीकर्ता लगानी गर्न उत्साहित हुन्छन् भन्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणले आर्थिक वर्ष ०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ६४ अर्ब ३३ करोड रहेको देखाएको छ । नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३२.८ र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकले विदेशी लगानी आप्रवाहमा सुधारका संकेत देखिएको बताइरहे पनि चालु आर्थिक वर्षमा भएको विदेशी लगानी प्रतिबद्धताको तुलनामा नगण्य परिमाणमा भित्रिएको देखिन्छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म २ सय २६ वटा आयोजनामा २२ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता भएको छ । यसमध्ये १ अर्ब ७२ करोड ५९ लाख रुपैयाँ बराबर लगानी प्रतिबद्धता गत पुसमा मात्रै भएको देखिन्छ ।
गत आर्थिक वर्ष ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । तर, सो अवधिमा ५ अर्ब ९६ करोड १३ लाख खुद विदेशी लगानी भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष पनि ५४ अर्ब १५ करोड ८९ लाख रुपैयाँ प्रतिबद्धता हुँदा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ रकम भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतको कुश्माबजारमा खानेपानीको अभाव, लोडसेडिङ सुरु
बैशाख २०, २०८१ बिहिबार
कालीकोट सदरमुकाममा सधैँ खानेपानीको अभाव
बैशाख १८, २०८१ मंगलबार
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
बैशाख २१, २०८१ शुक्रबार
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आगलागी पीडितको त्रिपालमा वास
बैशाख २१, २०८१ शुक्रबार
डीभी २०२५ को नतिजा भोलि आउने, कसरी हेर्ने ?
बैशाख २१, २०८१ शुक्रबार