बारीको सुन्तला फल्न थालेपछि चन्द्र बहादुर विदेश जान परेन
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १५:४७:५१
५ माघ, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघि सम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए ।
पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुरले पछिल्लो दश वर्षयता सुन्तला खेतीलाई आम्दानीको स्रोत बनाएको छ ।
‘चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर वि.सं २०५९ मा छुट्टिमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैँचा बगाएको थिए’, उनले भने, ‘त्यति बेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यही आम्दानी हुन्छ जस्तो लाग्यो ।’ अहिले सुन्तला खेती पेन्सनजस्तो भएको उनले बताए ।
चन्दबहादुरले यस वर्ष दुई सय ५० बोटबाट दुई लाख ३६ हजार रुपैयाँको सुन्तला बिक्री गरेको जानकारी दिए । यसअघि एकै वर्षमा चार लाख रुपैयासम्मको सुन्तला बिक्री गरेको उनले बताए ।
मालिका ७ बिमका ४५ वर्षीय भवीराज जुग्जाली पनि सुन्तला खेती गर्नुअघि कामको खोजीमा २६ महिना साउदीमा बिताएका थिए । वार्षिक चार लाख रुपैयाँ हाराहारीको सुन्तला बेच्ने जुग्जालीको बगैँचामा तीन सय बोट छन । ‘घरव्यवहार चलाउन, छोराछोरी पढाउन सुन्तला खेती गरेपछि सजिलो भएको छ’, उनले भने, ‘दुई लाख कमाउनका लागि विदेशमा गएर श्रम, पसिना बगाउनुभन्दा गाउँकै पाखाबारीमा सुन्तला खेती गर्दा फाइदा र सजिलो छ ।’
सुन्तला बेचेर भएको आम्दानीले जुग्जालीले दुई छोरीलाई पोखरामा स्नातक तहमा पठाउनुभएको छ । श्रीपाली र जुग्जालीजस्तै मालिका गाउँपालिका ७ बिममा पर्ने दुले, नराले, टुनीबोट, दोबाटो, भारवाङ, नौमानेका बासिन्दाले सुन्तला खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन ।
साठीभन्दा बढी घरधुरीले व्यावसायिक सुन्तला खेती गरेका भरवाङका हेम पुनले बताउनुभयो । ‘सडक, यातायातको सुविधा, भूगोल र हावापानी अनुकूल भएकाले सुन्तला खेती फस्टाएको छ’, उनले भने ‘कोदो, मकै, गहुँलगायत खाद्यान्नको विकल्पमा सुन्तला खेती गर्ने क्रम बढेको छ ।’
कृषक शिव गौतमका अनुसार मालिका गाउँपालिकाको वडा नम्बर ७ बाट यस वष ९० लाख लाख रुपैयाँ मूल्य बराबरको सुन्तला निकासी भएको छ । ‘गत वर्ष एक करोड रुपैयाँभन्दा बढी मूल्यको सुन्तला निकासी भएको थियो’, उनले भने, ‘सुन्तला खेती गरेका घरधुरीमा पुगेर सङ्कलन गरेको विवरणअनुसार यसपालि रू ९० लाखको निकासी भएको छ ।’
यस वर्ष प्रतिकिलो ५५ देखि ६५ रुपैयाँका दरले सुन्तला बिक्री भएको छ । सुन्तला फूल खेल्ने र बटिला लाग्ने समयमा भएको वर्षा र असिनाका कारण उत्पादन घटेको कृषकले बताएका छन । पोखरा र काठमाडौँमा बिमको सुन्तला निकासी हुन्छ । गाउँकै युवाहरु मिलेर सुन्तला बजारीकरण गर्छन । पोखराका व्यापारी पनि सुन्तला किन्न बगँैचामै आउने गरेका कृषकको भनाइ छ । व्यवस्थित सिँचाइ सुविधा र सुन्तला ढुवानी गर्दा राखिने क्रेट आवश्यक रहेको बिमका कृषकले बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार