धुलिखेल र पनौतीका ६ सय परिवारलाई खानेपानी वितरण
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १६:१०:१५
५ माघ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका छ सय परिवारका लागि खानेपानी वितरण गरिएको छ । धुलिखेल–१० सुन्थानका तीन सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका तीन सय परिवारका लागि खानेपानी वितरण गरिएको हो ।
बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत विनियोजित रू १५ लाखबाट ज्यालाचिटी खानेपानी उपभोक्ता समितिले निर्माण गरेको ९२ हजार लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण गरिएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत आयोजना सम्पन्न गर्न दुई सय १५ घरधुरीबाट रू पाँच हजारका दरले रकम सङ्कलन गरिएको समितिका अध्यक्ष दीपक थापाले जानकारी दिए । उनका अनुसार नयाँ ५७ सदस्यबाट रू नौ हजार पाँच सयका दरले रकम उठाइएको हो ।
चामखर्कमा रहेको मुहानको संरक्षण गरिनुका साथै दुई इञ्चको पाइपबाट ट्याङ्कीसम्म पानी ल्याइएपछि पानी पर्याप्त भएर यहाँका करिब तीन सय घरधुरी लाभान्वित भएका थापाले बताए । समितिमार्फत प्रत्येक घरधुरीमा खानेपानी वितरण गर्न नगर कार्यालयले १२ रोल पाइप, ४ नं वडा कार्यालयले नौ रोल पाइप सहयोग गरेको थियो ।
धुलिखेल–१० वडास्थित शारदा बतासेमा तीन सय घरपरिवारमा एक घर–एक धारा कार्यक्रमअन्तर्गत धारा जडान गरी पानी प्रयोगमा ल्याइएको शारदा बतासे उपभोक्ता समितिका अध्यक्ष गोविन्द शर्मा उपाध्यायले जानकारी दिए । उनका अनुसार बाँकी एक सय २५ परिवारका लागि चालु आर्थिक वर्षभित्रै धारा जडान गरी पानी पुर्याइने योजना छ ।
यसअघि निर्माण गरिएको एक लाख लिटरको ट्याङ्की र थप १० हजार लिटरको पानी ट्याङ्की निर्माण गरी डिपबोरिङमार्फत तीन सय परिवारका लागि खानेपानी व्यवस्थापन गरिएको उपाध्यायले जानकारी दिए ।
नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा गरिबी निवारणलगायतका क्षेत्रमा ‘दिगो विकास लक्ष्य’अनुसारको मापदण्डमा पुग्न लागेकाले सबै वडाका बस्ती र घरमा चालु आवभित्र धारा पुर्याउने लक्ष्य राखिएको बताए । दक्षिण एशियामा धुलिखेल नगर गुणस्तरीय खानेपानी उपलब्ध गराउने नगरपालिकाभित्र पर्ने उनको भनाइ थियो ।
चालु आवमा प्रदेशअन्तर्गत रू एक अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजन गरिएको मन्त्री तीर्थ लामाले बताए । उनका अनुसार रू ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, ऊर्जा तथा सिँचाइसम्बन्धी योजना समावेश भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतको कुश्माबजारमा खानेपानीको अभाव, लोडसेडिङ सुरु
बैशाख २०, २०८१ बिहिबार
कालीकोट सदरमुकाममा सधैँ खानेपानीको अभाव
बैशाख १८, २०८१ मंगलबार
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
बैशाख १७, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार
अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल
बैशाख २२, २०८१ शनिबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न
बैशाख २२, २०८१ शनिबार