मन्त्रिपरिषदको निर्णय उल्टाउँदै एक सातापछि सारियो लगानी सम्मेलन, लगानीकर्ता र परियोजना पहिचान गरिँदै
नेपालबहस संवाददाता
माघ ६, २०८० शनिबार १२:४४:२७
६ माघ, काठमाडौं । आगामी वैशाख ९ र १० गते काठमाडौंमा गर्ने भनिएको लगानी सम्मेलनको मिति एक हप्ता पर सारिएको छ । मन्त्रिपरिषदले वैशाख ९ र १० लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो । तर, त्यो निर्णयलाई उल्टाउँदै वैशाख १६ र १७ गतेका लागि सारिएको छ । शुक्रबारको निर्देशन समितिको बैठकले लगानी सम्मेलनको मिति सार्ने निर्णय गरेको हो ।
अर्थमन्त्री प्रकाशशरण महतको संयोजकत्वमा बसेको निर्देशक समितिको दोस्रो बैठकले आगामी वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । निर्देशक समितिको बैठकले शुक्रबार लगानी सम्मेलनको मिति तय गरेको हो । यसअघि मंसिर १० मा बसेको निर्देशक समितिको पहिलो बैठकले वैशाख ९ र १० मा सम्मेलन गर्ने गरी तयारी सुरु गरेको थियो ।
मन्त्रिपरिषदको बैठकले अर्थतन्त्रलाई चलायमान बनाउन उदेश्यका साथ लगानी सम्मेलन गर्ने निर्णय गरेको हो थियो । लगानी योग्य वातावरण सुदृढ गर्ने, राम्रो म्यासेज पनि दिने, प्रचुर सम्भावना भएका क्षेत्रमा लगानीकर्तालाई कसरी भित्र्याउनेसहित कार्यक्रमको निमन्त्रणा पठाउनुपर्ने काममा केही ढिलाइ हुने भएपनि सम्मेलनको मिति सारिएको जानकारी दिइएको छ ।
अर्थमन्त्री महतले साढे चार खर्बको आयोजना निर्माण चरणमा रहेका योजना, साढे २ खर्बको निर्माण उन्मुख रहेको योजना र ठूला लगानीका लागि धेरै प्रोजेक्ट पाइप लाइनमा रहेको भन्दै केही मूल्यांकनका क्रममा र केही वार्ता चरणमा रहेकाले लगानी सम्मेलनमा यी विषयहरू उठाइने बताएका छन् । कात्तिक २३ मा बसेको मन्त्रिपरिषदको बैठकले वैशाख ९ र १० मा तेस्रो लगानी सम्मेलन–२०८१ आयोजना गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णयअनुसार नै लगानी सम्मेलनको मिति सारिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जनाए । ‘मन्त्रिपरिषद बैठकले नै वैशाख १६ र १७ मा लगानी सम्मेलन गर्ने मिति संशोधन गरेको थियो, सोहीअनुसार सम्मेलनको मिति तय गरिएको हो,’ उनले भने । निजी क्षेत्र तथा विकास साझेदारसँगको सहकार्यमा सरकारले लगानी सम्मेलन गर्न लागेको हो ।
शुक्रबारको बैठकमा अर्थमन्त्री महतले तेस्रो लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिए । लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उनले जनाए । सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई अर्थमन्त्री महतले आव्हानसमेत गरेका छन् । बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।
लगानी सम्मेलन आयोजना गर्न सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ । नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार