जहाज खरिद काण्डमा मुछिए पर्यटनमन्त्री किराँती, अख्तियारमा उजुरी !
नेपालबहस संवाददाता
माघ ६, २०८० शनिबार २२:०:४४
६ माघ, काठमाडौं । पर्यटनमन्त्री सुदन किराँतीले सार्वजनिक खरिद ऐन र नेपाल वायुसेवा निगमको आर्थिक नियमावली नै मिचेर जहाज खरिदको प्रक्रिया अघि बढाएको भन्दै निगमविरुद्ध उजुरी परेको छ । कुनै एक जहाज निर्माता कम्पनीलाई मात्रै ठेक्का दिने गरी बोलपत्र आव्हान गरिएको भन्दै निगम विरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालय, पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । ‘मन्त्रीकै जोडबलमा कुनै एक कम्पनीले मात्रै जहाज दिन सक्ने गरी बोलपत्र आह्वान गरेपछि उजुरी गरिएको हो, यसमा राजनीतिक दलको समेत स्वार्थ रहनसक्छ भन्ने हाम्रो आँकलन छ’, उजुरीमा भनिएको छ ।
यो सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता विष्णुप्रसाद शर्माले यसबारे निगमसँग जवाफ मागेका छन् । ‘यो विषयमा हामीले जवाफ मागेका छौ, हालसम्म जवाफ आइसकेको छैन । जवाफ आएपछि त्यसको आधारमा कार्यालयले खरिद प्रक्रियामाथि छानबिन अघि बढाउँछ’, उनले भने । हालै निगमले स्टोल-सर्ट टेक अफ एण्ड ल्यान्डिङ) उडानका लागि तीन वटा जहाज खरिद गर्न बोलपत्र आव्हान गरेको छ । कमिसनको चक्करमा सोही बोलपत्रमा तोकिएको मापदण्डहरू असान्दर्भिक रहेको भन्दै उजुरी परेको हो । उजुरीका अनुसार निगमले ट्वीन अटर जहाज नै खरिद गर्ने मनसायले बोलपत्रमा मापदण्डहरू तयार पारेको थियो ।
निगमले तयार पारेको उक्त मापदण्ड अनुसार अन्य जहाज निर्माता कम्पनीले प्रतिस्पर्धा गर्न पाउने सम्भावना छैन । ‘निगमको यो बदनियतले गर्दा अन्य दुई उत्कृष्ट बिमान निर्माता कम्पनी सो बोलपत्र प्रक्रियामा भाग नै लिन नसक्ने अवस्था सिर्जना भएको छ,’ सो उजुरीमा उल्लेख गरिएको छ । उजुरीमा सो बोलपत्र तत्काल रोकेर अन्य जहाज निर्माता कम्पनीले पनि प्रतिस्पर्धामा भाग लिन पाउने अवसर दिन अनुरोध गरिएको छ । जारी बोलपत्रमा जहाजले १५०० फिट भन्दा मुनीको रनवेमा पनि उडान अवतरण गर्न सक्नुपर्ने प्रावधान राखेको छ । तर यो मापदण्डभित्र हाल स्टोल उडान गरिरहेका डोर्नियर र लेटजस्ता जहाजहरू पर्दैनन् ।
नेपालको सबैभन्दा सानो रनवे मानिने लुक्ला विमानस्थलको रनवेको लम्बाई १७२९ फिट छ । जहाँ डोर्नियर र लेटले पनि सहज रुपमा उडान अवतरण गरिरहेका छन् । यो भन्दा पनि सानो रनवे भएको विमानस्थल अब नेपालमा नबन्ने भएकाले उल्लिखित प्रावधान नै सिधै ट्वीन अटर जहाज ल्याउनकै लागि राखिएको जनाइएको छ । उजुरीमा जनाए अनुसार जहाजको मूल्यांकन नतिजाअनुसार पनि ट्वीनअटरको तुलनामा डोर्नियर र लेटको अंक बढी देखिन्छ । निगमको रोजाइमा परेकोे ट्वीनअटर जहाजको कुल प्राप्ताङ्क ८०.३२ प्रतिशत हुँदा डोर्नियरको ८८.२३ र लेटको ९४.३१ प्रतिशत रहेको छ ।
योसँगै हालको बजार भाउ अनुसार ट्वीन अटर भन्दा ती दुई जहाजको मूल्य कम छ । ट्वीनअटरको मूल्य ८० करोड हुँदा डोर्नियरको ६६ र लेटको ६० करोड रूपैयाँ पर्न जान्छ । यसरी सस्तो र राम्रो जहाज खरिद गर्दा कमिसन नआउने भएपनि निगमले ट्वीनअटर जहाजको एजेन्टसँगको मिलेमतोमा नियमविपरित बोलपत्र प्रकाशन गरेको स्रोतको दावी छ । सार्वजनिक खरिद ऐन अनुसार कुनै पनि जहाज खरिदको लागि बोलपत्र गर्दा ब्रान्ड तोक्न मिल्दैन । तर ऐन विपरीत निगमले तीन वटा जहाज खरिद प्रक्रियामा ट्वीनअटर जहाजसँग स्पेयर पार्टस् मिल्नुपर्ने भनेर लेखेको छ । कुनै एउटा जहाजको स्पेयर पार्टस् अन्य जहाज निर्माता कम्पनीसँग कसरी हुन्छ ? यसबारे प्रश्न उठाइएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ट्वीनअटर जहाज निर्माता कम्पनीका प्रतिनिधि योगेश गर्गले एक्लै भेटेका थिए । निगमलाई जहाज बेच्न भारत, क्यानडा र चेक रिपब्लिकका तीन वटा कम्पनीले इच्छा देखाएका थिए तर निगमले क्यानेडियन कम्पनीलाई मिल्ने गरी बोलपत्र आह्वान गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार