भौतिक पुर्वाधारबारे छलफल गर्न प्रदेशका मन्त्रीसहित मातहतका सबै निकायका प्रमुखलाई बोलाइयो सिंहदरवार
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १२:४८:९
७ माघ, काठमाडौं । भौतिक पूर्वाधारका क्षेत्रमा भइरहेका काम कारबाही र आगामी योजनाबारे छलफल गर्न मातहतका सबै अधिकारीहरूलाई सिंहदरबार बोलाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले छिटोछरितो सेवा प्रवाहको विषयमा छलफल गर्न बैठक बोलाएका छन् । उनले सात वटै प्रदेशका यातायात मन्त्री, सचिव र यातायात कार्यालयका प्रमुखसहितको वृहत् छलफल राखेका छन् ।
आइतबार दिउँसो एक बजे मन्त्रालयमा संयुक्त बैठक बोलाइएको हो । बैठकमा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सम्पूर्ण प्रदेशका यातायात मन्त्री, सचिव तथा प्रदेशस्तरीय कार्यालय प्रमुखहरुलाई बोलाइएको छ ।
फर्जी लाइसेन्स वितरणका साथै यातायात सेवाको क्षेत्रमा रहेका अप्ठ्यारा र गुनासा समाधानको पहल गर्ने उद्देश्यले बैठक बोलाएको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ । प्रदेश सरकारमा अधिकार हस्तान्तरण भएको पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको छानबिनबाट खुलेको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
यिनै विषयसँगै भौतिक पूर्वाधारका क्षेत्रमा अगाडि बढिरहेका आयोजनाहरुकाे निर्माण गति, कामको प्रगति र आगामी कार्यक्रमबारे छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसक्ने मन्त्रीहरूलाई मन्त्रिपरिषदमा राखिराख्न नसक्ने भन्दै चेतावनी दिएको अवस्थामा मन्त्री ज्वालाले संयुक्त बैठक बोलाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा जनजाति सङ्ग्रहालय अधुरै
जेठ ३, २०८१ बिहिबार
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार