अयोध्याको राम मन्दिरमा बिकेक ओबरायसँग बरुण चौधरीको सेल्फी
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार १०:५३:४६
९ माघ, अयोध्या । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा हिजो प्राण प्रतिष्ठा गरियो । उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका थिए । जहाँ विश्वभरीका हिन्दु धर्मालम्बीको उपस्थिति रहेको थियो ।
सोही सन्दर्भमा निमन्त्रणा गरिएका विशेष अतिथिहरूमा नेपालका वरुण चौधरी पनि सहभागी भएका छन् । आयोजक श्री राम जन्मभूमि तीर्थ क्षेत्रले निमन्त्रणा गरेको चौधरीलाई विशिष्ट पाहुनाहरू प्रवेश हुने सुग्रिव किल्लाबाट प्रवेशको व्यवस्था मिलाएको थियो ।
उद्योगपत्ति भएर पनि धर्म, संस्कृति नभुलेकोमा सामाजिक सञ्जालहरुमा वरुणलाई धेरैले नेपालीले उनको खुलेर तारिफ गरेका छन । केही समय अघि उनले बागेश्वर बाबालाई नेपाल ल्याएर हिन्दूहरूको ठूलो जमघट गराए पछि भारतमा उनको चर्चा परिचर्चा भएको थियो ।
जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका तर्फबाट नेपालका १५ जना प्रमुख सन्त–महन्थलाई बोलाइएको थियो । जसमा अयोध्याबाट निम्ता पाउनेमा जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र उत्तराधिकारी महन्थ राम रोशन दास सीताको माइतीबाट जाने उनीहरूलाई पनि विशेष रुपमा हेरिएको थियो ।
चतराधाममा बस्ने जगदगुरु बालसन्त मोहन शरण देवाचार्य, देवघाटमा रहेको हरिहर सन्यास आश्रमका पीठाधिश स्वामी ज्ञानानन्द सरस्वतीसहित तीन जना, पशुपतिनाथ मन्दिरका मूलभट्ट रावल गणेश भट्ट आदिलाई निमन्त्रणा गरिएको थियो । सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार