हेटौँडाको पुलती बजारमा यात्रुबाहक बस पल्टिदा १० जना घाइते
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार ११:३३:५७
१० माघ, हेटौँडा । हेटौँडाको पुतली बजारमा यात्रु वाहक बस पल्टिदा १० जना घाइते भएका छन् । धरान–चतरा सडकअन्तर्गत मकवानपुरको हेटौडा उपमहानगरपालिका–६ स्थित पुतली बजारमा बुधबार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।
फुर्केचौरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना. ३ ख ५३०३ नम्बरको बसले टेलरलाई साइड दिने क्रममा अचानक सडक किनारामा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा बसमा सवार १५ जनामध्ये १० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइतेहरूमा हेटौँडा–१७ हटियाका वर्ष २५ की पुष्पा डंगोल, वर्ष २१ की रुपा डंगोल, हेटौँडा–१७ का वर्ष ५१ का शंकर राई र वर्ष ५५ की आशा, वीरगन्ज महानगरपालिका घर भएका वर्ष २२ की सीमा साह, हेटौँडा–१८ बस्ने वर्ष ४५ की महिला (नाम स्पष्ट बताउन नसक्ने) र वर्ष ७० का पुरुष हेटौँडा अस्पतालमा उपचाररत छन ्।
यस्तै मकवानपुरगढी गाउँपालिका–७ की वर्ष ५६ की माहिली माया थिङ, मकवानपुरगढी–१ धापका वर्ष ४६ का कुमार सिंह गोले र हेटौँडा–१८ हर्नामाडीका ३६ वर्षीय सोम लाल थिङ सञ्चो हस्पिटलमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार