विवादस्पद नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणबारे अध्ययन गर्न सरकारले बनायो समिति
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १७:२७:५८
१० माघ, काठमाडौं । सरकारले विवादास्पद नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्ने आवश्यकता रहे–नरहेको विषयमा अध्ययन गराउन राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । धितोपत्र बोर्डले गत चैतमा नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया सुरुगरेको भएपनि पटक पटक यो अवरुद्ध भएको थियो । नयाँ लाइसेन्स प्रकरणमा १० अर्ब रकम खर्चिएको कुरा बाहिर आएको छ ।
सो समय बोर्डमा स्टक एक्सचेन्जका लागि तीनटा कम्पनीको आवेदन परेको थियो । धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको थियो ।
नयाँ स्टक ल्याउन आर्थिक चलखेल भएको भन्दै विरोध हुँदै आएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले नै नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया रोकेका थिए । संघीय संसदको अर्थ समितिले समेत यो प्रक्रिया रोकेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार