हनुमानको शानदार सफलताबाट मेकरहरु खुसी
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार २२:३५:२
१० माघ, काठमाडौं । तेज सज्जाको फिल्म हनुमान जनवरी १२ मा हिन्दीको साथसाथै साउथका भाषाहरुमा रिलिज भएको थियो । रिलिजयता नै फिल्म लगातार चर्चामा छ । फिल्मले मेकरहरुलाई मालामाल बनाइदिएको छ ।
अयोध्यामा राम मन्दिरमा प्राणप्रतिष्ठाको चहलपहलबिच हनुमानले दिनहुँ शानदार कमाई गरिरहेको छ । झन्डै २ हप्ता हुन लाग्दा समेत फिल्मको बक्स अफिस कलेक्शन सुस्ताएको छैन ।
सानो बजेटमा बनेको यो फिल्मले दक्षिणका सुपरस्टार महेश बाबुको गुंटूर कारमलाई समेत वर्ल्ड वाइड कलेक्शनलाई उछिनेको छ । यसैबिच मेकरहरुले फिल्मको अर्को पार्टको घोषणा गरेका छन् । मात्रै २० करोड भारुमा बनेको यो फिल्मले विश्वभर २०० करोडभन्दा धेरै कमाई सकेको छ ।
हनुमानको शानदार सफलताबाट मेकरहरु निकै खुसी भएका छन् । अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठाको मौका पारेर हनुमानको अर्को पार्टको घोषणा गरेर फ्यानहरुलाई ठूलो उपहार दिइएको छ ।
हनुमानको अर्को पार्ट जय हनुमान शीर्षकमा रिलिज हुने भन्दै फिल्मका निर्देशक प्रशान्त बर्माले एक्समा एउटा पोष्टमा भनेका थिए । सोमबार नै फिल्मको प्रि–प्रोडक्शन सुरु गरिएको बर्माले बताए ।
हनुमानमा तेज सज्जाले शीर्ष भूमिका निर्वाह गरेका थिए । तर जन हनुमानमा उनी लिड एक्टरको रुपमा नरहने बर्माले भने । बर्माका अनुसार जय हनुमानमा तेज सज्जा लिड हिरो हुने छैनन् । यस फिल्ममा उनी मनुमंथुको रुपमा रहनेछन् । लिड रोलमा भने कुनै ठूलो अभिनेता हुने बताइएको छ ।
फिल्मले ११ दिनमा भारतीय बक्स अफिसमा झन्डै १४० करोडको कमाई गरेको छ । फिल्मको कलेक्शनले सबैलाई छक्क पारिदिएको छ । ११ औँ दिनमा फिल्मको कमाई ७ करोड ५० लाख भारु थियो र योसँगै भारतीय बक्स अफिसमा फिल्मको कूल कमाई १३९ करोड ५५ लाख भारु पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार