वसन्तकुमार शर्म्मा ‘नेपाल’: वयोवृद्ध साहित्यकार तथा शब्दकोशकारको निधन
इन्द्र रिजाल
बैशाख ७, २०७६ आइतबार ३:४८:१
काठमाडौं: वरिष्ठ साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्म्मा नेपालको शनिवार काठमाडौंमा निधन भएको छ। उनका नाति डा. विपीन नेपालका अनुसार साहित्यकार नेपाल केही महिनादेखि गम्भीर रूपमा अस्वस्थ थिए।
केही महिनादेखि विस्मृति र अल्सरबाट पीडित नेपालको पछिल्लो समय फोक्सोमा सङ्क्रमण भएको थियो। उनका नेपाली ‘शब्दसागर’ नामक शब्दकोश तथा अन्य दर्जनौँ साहित्यिक कृति प्रकाशित छन्। विसं २०५७ मा प्रकाशित नेपाली शब्दसागरमा एक लाख २५ हजार मूलशब्द प्रविष्ट छन्।
विसं १९७९ को रामनवमीका दिन काठमाडौंको महाराजगन्जमा जन्मिएका उनी गत साता ९६ वर्ष पूरा गरेर ९७ वर्षमा प्रवेश गरेको उनका माहिला छोरा विनयकुमार नेपालले बताए।
नेपालका केही पुस्तकहरूमा उनको जन्म विसं १९८४ मा भएको उल्लेख गरिएको छ। त्यसलाई आधार मानेर यसअघि उनको उमेर ९१ वर्ष लेखिएको थियो। दिउँसो दुई बजे चाबहिलस्थित आफ्नै निवास निधन भएका नेपालको पशुपति आर्यघाटमा दाहसंस्कार भयो।
संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाली भाषा प्रकाशिनी समिति, भाषानुवाद परिषद् र नेपाल राजकीय प्रतिष्ठानमा काम गरेका थिए। उनले लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन पनि गरे।
शब्दसागरमा प्रकाशित उनको सङ्क्षिप्त परिचयमा विसं २००७ सालदेखि विभिन्न पत्रपत्रिका तथा रेडियोमा उनले नेपाली, संस्कृत, नेवारी र हिन्दी भाषामा लेख, रचना तथा नाटक विभिन्न उपनामबाट प्रकाशित वा प्रसारित हुन थालेको उल्लेख छ।
उनको पहिलो कृति ुयुगको वारिसु विसं २००८ मा प्रकाशित भएको थियो। विसं २०१० मा नेपालीमा प्रकाशित मेक्सिम गोर्कीको ‘आमाु’उपन्यासका लागि उनले रुस सरकारबाट पुरस्कार पाएका थिए।
विभिन्न मानसम्मान पाएका उनलाई देवकोटा काव्य सम्मान २०६०, मदन पुरस्कार स्वर्णवर्ष सम्मान २०६२ पनि दिइएको थियो।
गद्य तथा पद्यमा लिखित आफ्ना मौलिक कृतिबाहेक नेपालले संस्कृत साहित्यका विभिन्न कृतिहरूको नेपालीमा अनुवाद गरेका छन्। तीमध्ये केही प्रकाशित हुन बाँकी नै छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार
आगलागी र डढेलो लाग्न सक्छ, निभाउनका लागि पूर्वतयारीमा रहनु
माघ ११, २०८१ शुक्रबार