ब्लगरको हत्या गरेको आरोपमा एक महिलालाई २७ वर्षको जेल सजाय
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार ७:११:३७
१२ माघ, मस्काे । रुसी अदालतले क्रेमलिन समर्थक सैन्य ब्लगरको हत्या गरेको आरोपमा एक महिलालाई २७ वर्षको जेल सजाय सुनाएको छ । मस्कोले युक्रेनको योजनामा भएको सो आक्रमणमा प्रख्यात अति राष्ट्रवादी ब्लगरको हत्या गरेको अभियोगमा रुसी अदालतले युद्धविरोधी कार्यकर्ता दर्या ट्रेपोभालाई २७ वर्षको जेल सजाय सुनाएको हो।
गत वर्ष अप्रिलमा भ्लाडलेन टाटारस्कीलाई सेन्ट पिटर्सबर्गको एक क्याफेमा मारिएको थिए । ट्रेपोभाले उनलाई विस्फोटकले भरिएको सानो मूर्ति उपहार दिएकी थिइन् । उपहार ग्रहण गर्ने क्रममा भएको बिष्फोटामा परी टाटारस्कीको घटनास्थलमै मृत्यु भएको थियो । जुन मुद्धामा सेन्ट पिटर्सबर्गको अदालतले बिहीबार ट्रेपोभालाई आतंकवाद अभियोगमा दोषी ठहर गरेको हो ।
२६ वर्षीया युवतीले आफूले जान बूझकर टाटारस्कीलाई नमारेको जनाएकी छिन । तर, आफूले दिएको वस्तु गोप्य सुन्ने यन्त्र हो भनेर विश्वास नगरेको अदालतमा बताएको रुसी सञ्चारमाध्यमले जनाएका छन । उनले अदालतमा सो कार्य युक्रेनका एक व्यक्तिको आदेशमा गरिरहेकी थिइन् बताएकी छन । उनलाई धेरै महिनादेखि ती ब्यक्तिले पैसा र निर्देशनहरू पठाउने गरेका थिए ।
‘मलाई ठूलो पीडा र लाज लागेको छ कि मेरो मूर्खता र मेरो सानो गल्तीले त्यस्ता विनाशकारी परिणामहरू निम्त्यायो । म कसैलाई चोट पुर्याउन चाहन्न, चाहदैनथे तर दुर्भाग्यपुर्ण रुपमा सो घटना घटयो,’ ट्रेपोभाले अदालतमा भनिन्स ।
उनले थपिन्, ‘युक्रेनीहरूसँग सहकार्य गर्ने उनको निर्णय युक्रेनमा रूसको सैन्य आक्रमणको विरोधबाट प्रेरित भएको थियो ।’ युक्रेनी योजनामा आफु चल्दा धेरै क्षति हुन्छ भन्ने कल्पनासमेत नगरेको उनको जिकिर अदालतमा पेश भएको छ ।
सेन्ट पिटर्सबर्ग क्याफेमा भएको उक्त विस्फोटमा अन्य ३० जनाभन्दा बढी घाइते भएका थिए ।
मृतक भ्लादेन टाटरस्की राष्ट्रपति पुटिनका कट्टर समर्थक थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार