नाप नक्सा भएका जग्गा दर्ता गर्न राजपत्रमा सूचना
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार १०:३०:५१
१२ माघ, काठमाडौं । सरकारले नाप नक्सा भएको, तर दर्ता गर्न छुट भएका जग्गा दर्ताका लागि राजपत्रमा सूचना निकालेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले नाप नक्सा भएको, तर दर्ता गर्न छुट भएका जग्गा दर्ताका लागि राजपत्रमा सूचना प्रकाशित गरेको हो ।
मन्त्रालयले त्यस्तो छुट भएको जग्गा दर्ताका लागि माघ ११ देखि दुई वर्षसम्मको म्याद दिइएको छ । नेपाल राजपत्रमा प्रकाशित सूचनामा मालपोत नियमावली २०३६ को नियम ४ (क) को उपनियम (१) प्रयोजनका लागि जग्गा (नापजाँच) ऐन २०१९ बमोजिम नाप नक्सा भएको तर दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्न चाहनेका लागि सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिन सूचित गरिएको छ ।
मन्त्रिपरिषदको गत बुधबार बसेको बैठकले नाप नक्सा भएको जग्गा दर्ता गर्नसम्म छुटेकालाई आगामी दुई वर्षसम्म निवेदन दिन सक्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो । मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक मन्दीले मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द
जेठ ११, २०८१ शुक्रबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
विज्ञापन बोर्डको चेतावनी, ‘भ्रमपूर्ण विज्ञापन छापिए कारवाही हुन्छ’
जेठ १०, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
जेठ ११, २०८१ शुक्रबार
आगामी असार २ गते व्यास नगरप्रमुखको पुनःमतगणना हुने
जेठ ११, २०८१ शुक्रबार
इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
जेठ ११, २०८१ शुक्रबार
सदनको गतिरोध हटाउने विषयमा शीर्ष नेताबीचको छलफल सकारात्मक
जेठ ११, २०८१ शुक्रबार
रफाहमा आक्रमण तुरुन्त रोक्न इजरायललाई संयुक्त राष्ट्र संघ अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार