सुदूरपश्चिम माओवादीमा विद्रोह, खगराजलाई हटाएर दलको नेतामा मानबहादुर धामी चयन
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार १३:४०:५४
१२ माघ, कञ्चनपुर । केन्द्रको सहमति विना सुदूरपश्चिम प्रदेशमा सत्तारुढ नेकपा माओवादी केन्द्र संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको छ । शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकको बहुमतबाट सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट भट्टलाई हटाइएको हो ।
माओवादी केन्द्रको केन्द्रीय नेतृत्वलाई पटक पटक दलको नेता फेर्न आग्रह गर्दा पनि नसुनेको भन्दै असन्तुष्ट पक्षले बहुमत जुटाएर दलको नेता फेर्ने निर्णय गरेको हो । असन्तुष्ट समूहका नेता एवं दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको बहुमत प्रदेशसभा सदस्यहरुको बैठकले खगराज भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । दलको नेता परिवर्तन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको उपनेता रावलले जानकारी दिए ।
असन्तुष्ट समूहले दलको नेता परिवर्तन गर्न पार्टी केन्द्रलाई आग्रह गरेका थिए । तर सुनुवाइ नभएकाले दलको नेता फेरिको रावलले बताए । रावलले चाडै बैठक बसेर प्रदेश सरकारबारे समेत निर्णय लिइने बताए । धामीको अध्यक्षतामा बसेको बैठकमा ६ जना प्रदेशसभा सदस्यको उपस्थित थिए ।
दल नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर भने अनुपस्थित थिए । बहुमत प्रदेश सभा सदस्यको निर्णय गरेर दलको नेता परिवर्तन गरिएको हो । भट्टलाई हटाएर अब मानबहादुर धामीलाई दलको नेता बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार