तेस्रो स्थापना दिवस मनाउँदासम्म अलपत्र राजपा नेपालको महाधिवेशन अनिश्चित !
इन्द्र रिजाल
बैशाख ८, २०७६ आइतबार ११:२०:२१
काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालको महाधिवेशन अनिश्चित भएको छ । तोकिएको समयमा महाधिवेशन गर्न नसके पछि पुन अर्को मिति तय गर्ने तयारी छ । तर नेताहरुबीच कुरा मिल्न नसक्दा अन्योल बढेको छ । यसअघि आजदेखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
महाधिवेशनको तयारीमा राजपाका नेताहरु जुटे पनि तोकिएको समयमा महाधिवेशन हुन सकेन । नेताहरुबीच एकमत भएको भए शनिवार महाधिवेशनको उद्घाटन थियो । २ वर्षअघि हिजोकै दिन ‘बैशाख ७ गते’ विभिन्न दलहरु मिलेर राजपा गठन गरेका थिए ।
स्थापना दिवसकै दिन महाधिवेशन गरेर निर्वाचित नेतृत्व पाउने आशामाथि तुषारापात भएको हो । राजपा नेपालको अहिलेसम्म विधान, निर्देशिका, नियमावलीलगायतको टुंगो लाग्न सकेको छैन । महाधिवेशन प्रतिनिधि कसरी छान्ने, नेतृत्वको टुंगो कसरी लगाउँनेलगायतका विषयमा पार्टी अझै अन्योलमै रहेको छ ।
प्रदेश कमिटी, जिल्ला कमिटीदेखि स्थानीय तहसम्मका कमिटीको निर्माणसहित पार्टी अब एकल अध्यक्ष प्रणालीमा जाने कि अध्यक्ष मण्डलकै व्यवस्था गर्ने भन्ने विषयमा अझै टुंगो लाग्न सकेको छैन । राजपामा अहिले अध्यक्ष मण्डलको व्यवस्था छ ।
तर, राजनीतिक समितिले एकल अध्यक्ष प्रणालीमा जानुपर्ने सुझाव दिएको छ । तर, राजनीतिक समितिको सुझावविपरीत अध्यक्ष मण्डल हालकै व्यवस्था कायम हुनुपर्नेमा देखिएका छन् । राजपाका नेताहरु भने समयमा तयारी पुग्न नसके पछि महाधिवेशन गर्ने नसकेको बताउँछन् ।
२०७४ वैशाख ७ गते मधेशका विभिन्न छवटा दल मिलेर राजपा नेपाल गठन भएको थियो । महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिक मिलेर राजपा नेपाल गठन भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार