च्याउखेतीमा जमेका टीकाप्रताप सेन ठकुरी
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १६:३५:२८
१४ माघ, त्रिवेणी 'नवलपरासी' । बिहान उठेपछि साँझसम्म च्याउको रेखदेख गर्ने, च्याउ टिप्ने र हाटबजार लगेर बेच्ने टीकाप्रताप सेन ठकुरीको दिनचर्या बनेको छ । छपन्न वर्ष पुगेका नवलपरासी 'बर्दघाट' सुस्तापूर्व नवलपुरको कावासोती–८ का उनले च्याउ खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् । पाँच वर्ष अघिदेखि च्याउ खेती सुरु गरेका ठकुरीको अहिले बाह्रवटा टनेलमा च्याउ उत्पादन भइरहेका छन् ।
सुरुमा घरमा दुईवटा टनेलमा च्याउ खेती प्रारम्भ गरेका उनले च्याउ खेतीमा आम्दानी लिन सकिन्छ भन्ने थाहा भएपछि घर नजिकै दसकठ्ठा जग्गा भाडामा लिएर खेती विस्तार गरे । घरमा दुई र भाडाको जग्गामा दस वटा टनेल बनाएर च्याउ उत्पादन गरिरहेको ठकुरीले बताए । एक पटक लगाइएको एउटा च्याउ उत्पादन गर्ने पोकाबाट सात÷आठ पटक च्याउ टिप्न सकिने उनको भनाइ थियो ।
गत वर्ष करिब पाँच क्वीन्टल च्याउ बिक्री गर्नुभएको ठकुरीले यसवर्ष बाह्र क्वीन्टलको हाराहारी उत्पादन गरी बिक्री गर्ने लक्ष्य लिएका छन् । यसपटक धेरै च्याउ उमार्ने गरी काम गरिएको र उत्पादित च्याउ कावासोतीकै बजारमा खपत हुँदै आएको ठकुरीको भनाइ थियो ।यसवर्ष रु २० लाख बराबरको च्याउ बिक्री गर्ने योजनाअनुसार काम गरिरहेका उनले खर्च रु एक लाख हुने र खर्च कटाएर रु दस लाखसम्म आम्दानी लिने लक्ष्य रहेको बताए ।
च्याउ उत्पादन धेरै हुँदा सुकाएर मसरुम सुपका लागि पोका बनाएरसमेत बिक्री गर्ने गर्ने गरिएको छ । मसरुम सुप तयार पार्ने मेसिन खरिद गरिएको र उत्पादन धेरै हुँदा प्याकेट पारी बिक्री गर्ने गरिएको छ । च्याउ फार्ममा दुई कामदारसमेत छन् । त्यसबाहेक छोराले पनि च्याउ उत्पादन तथा बिक्रीमा सहयोग पुर्याउँदै आएको उनले बताए ।
पहिले भारत र नेपालमा गाडी चालकका रुपमा काम गरेका ठकुरी त्यो काम छाडेर केरा खेतीमा लागे । केरा खेतीमा भनेजस्तो आम्दानी नभएपछि हाटबजारमा तरकारी खरिद बिक्री गर्न सुरु गरेका उनी पछि च्याउ खेतीमा लागेका हुन्। छोरा ठूलो हुँदै गएपछि विदेश पठाउनु भन्दा यहीँ नै केही पेसा गरौँ भन्ने लागेर च्याउ खेतीगर्न सुरु गरिएको ठकुरीको भनाइ थियो ।
“छोराको पनि उमेर पुगेपछि विदेश पठाउनुपथ्र्यो, विदेशमा राम्रै हुन्छ भन्ने ग्यारेन्टी थिएन, के गर्ने भन्ने विकल्प खोज्दै जाँदा यता लागियो” उनले भने, “अहिले छोराले पनि यसैमा साथ दिएको छ, आम्दानी पनि राम्रौ छ, च्याउ खेती गर्ने रहर पुगेको छैन । यसका लागि लागि कृषि ज्ञान केन्द्रले बीउ खरिदमा रु एक लाख सहयोग गरेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार