शाहिद कपूर रोबोटबाट बनेको प्रेममा परे
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १७:३८:३२
१४ माघ, काठमाडौं । शाहिद कपुर र कृति सेननको फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म मार्फत शाहिद र कृति पहिलो पटक सँगै पर्दामा देखिदैछन् ।
फ्यानहरू यी दुई स्टारको जोडीलाई पर्दामा हेर्न आतुर छन् र यसैबीच निर्माताले फिल्मको ट्रेलर सार्वजनिक गरेका छन् । ‘तेरी बातों मे ऐसा उल्झा जिया’ को ट्रेलर रोमान्स र ड्रामाले भरिपूर्ण देखिन्छ ।
ट्रेलर हेरेर फिल्मको कथाको अनुमान लगाउन सकिन्छ । कृति सेनन फिल्म ‘तेरी बातों में ऐसा उल्झा जिया’ मा शाहिद कपूरसँग प्रेममा देखिनेछिन् । फिल्ममा उनले अमेरिकी युवती सिफ्राको भूमिका निभाएकी छिन्, जो भारतीय परिवारमा बुहारीको रुपमा आएर सबैलाई चकित पार्नेछिन् । ट्रेलरको अन्त्यमा सिफ्रा 'कृति सेनन' केटी नभई वास्तवमा रोबोट भएको देखाइएको छ ।
शाहिद कपुर र कृति सेननको अनस्क्रिन केमेस्ट्रीदेखि लिएर गीतसम्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ को ट्रेलरले दर्शकलाई फिल्ममा तान्ने भएको छ । निर्देशक अमित जोशी र आराधना शाहको फिल्ममा शाहिद कपूर र कृति सेनन बाहेक धर्मेन्द्र, डिम्पल कपाडिया र राकेश बेदी लगायत धेरै दिग्गज कलाकारहरू देखिनेछन्।
‘तेरी बातों मे ऐसा उल्झा जिया’ यो वर्षको भ्यालेन्टाइन विकमा रिलिज हुने तयारीमा छ । शाहिद कपुर र कृति सेनन अभिनित यो फिल्म फेब्रुअरी ९ मा रिलिज हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार