रायनएयरको त्रैमासिक नाफामा ९३ प्रतिशतले कमी
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १४:२७:३३
१५ माघ, लण्डन । आयरल्याण्डको सस्तो एयरलाइन्स कम्पनी (रायनएयर) ले इन्धनको उच्च लागतका कारण खुद नाफामा ९३ प्रतिशतले गिरावट आएको सोमबार जनाएको छ ।
सन् २०२३ को अन्तिम तीन महिनामा अघिल्लो वर्षको तुलनामा एक करोड ४८ लाख युरो (एक करोड ६० लाख अमेरिकी डलर) खुद नाफा घटेको निगमले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी माइकल ओलेरीले रायनएयरले वार्षिक खुद नाफा एक अर्ब ८५ करोड र एक अर्ब ९५ करोड युरोमा सीमित हुने बताएको छ ।
कम्पनीले आफ्नो नाफा १.८५ अर्बदेखि २.०५ अर्ब यूरोको बीचमा रहने अनुमान गरेको थियो । “यो मार्गदर्शन र पूर्ण वर्षको परिणाम समूहको वर्तमान चौथो त्रैमासिकमा अप्रत्याशित प्रतिकूल घटनाहरूबाट बच्नमा धेरै निर्भर रहन्छ,” ओलेरीले आय विवरणमा थपे ।
उनले युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व र बोइङको आपूर्तिमा थप ढिलाइजस्ता जोखिम रहेको बताए । तेस्रो त्रैमासिकमा रायनएयरको इन्धन लागत ३५ प्रतिशतले बढेको छ भने करको लागत १७ प्रतिशतले वृद्धि भएको छ । उच्च औसत भाडाको बाबजुद यात्रुहरूको सङ्ख्यामा सात प्रतिशतले बढेर ४१.४ चार करोड १४ लाख पुगेको छ जसले उच्च तलब जस्ता अन्य बढ्दो लागतहरू रोक्न मद्दत पुर्याएको छ ।
एयरलाइन्सको चौथो त्रैमासिक वा जनवरी–मार्च अवधि परम्परागत रूपमा सबैभन्दा कमजोर हो । ओलेरीले अमेरिकी विमान निर्माता कम्पनी बोइङले डेलिभरीमा हुने ढिलासुस्ती र गुणस्तर सुधार गर्न थप काम गर्नुपर्ने आफ्नो लक्ष्य रहेको दोहोर्याए।
बोइङका एक उच्च अधिकारीले अलास्का एअरलाइन्सको मध्यउडान ‘डोर प्लग’ को विस्फोटले निम्त्याएको समस्याका लागि माफी मागे । बोइङको कमर्सियल प्लेन युनिटका कार्यकारी प्रमुख स्टान डिलको यो टिप्पणी बोइङमाथिको गहन जाँचमा केन्द्रित भएको र सुरक्षा जाँचका लागि आफ्ना विमानहरू ग्राउन्डेड गरेको घटनाको तीन हप्तापछि आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार