त्रिविका परीक्षासम्बन्धी सेवा अनलाइनबाट दिन सुरु, एक साताभित्र प्रमाणपत्र तयार हुने
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १४:४८:३९
१५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो । विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटरमा क्लिक गरी सेवाको शुभारम्भ गरेका हुन् । उद्घाटनपछि उनले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान आज सुरु भएको र यो सफलतामा पुग्ने विश्वास व्यक्त गरे ।
यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुस्थित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । अनलाइन सेवा प्रारम्भ भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउनेजस्ता कार्यका लाग घरैबाट अनलाइन निवेदन दिन सक्नेछन् ।
सोका लागि विद्यार्थीले आफ्नै कम्प्युटरबाट लग इन गरी तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिनसक्ने जानकारी कार्यक्रममा दिइयो । चौबिसैँ घन्टा चल्ने सो प्रणालीमा निवेदन दिएपछि विद्यार्थीको उक्त निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी कार्यालय समयभित्र विद्यार्थीले पाउनेछन् । उनका अनुसार अस्वीकृत भएमा त्यसको कारणसमेत खुलाइ सच्याएर वा नपुग विवरण राखेर पुनःआवेदन गर्नसमेत विद्यार्थीलाई आग्रह गरिनेछ ।
यसरी दिइएको निवेदनमा सबै प्रमाण पुगेको वा मिलेको छ भने निवेदन दिएको एक साताभित्र प्रमाणपत्र तयार हुने छ । यसरी तयार भएको प्रमाणपत्र लिन सम्बन्धित परीक्षार्थी उपत्यकाको हकमा परीक्षा नियन्त्रण कार्यालय बल्खुमै जानुपर्नेछ । उपत्यका बाहिरका विद्यार्थीले भने प्रमाणपत्र लिनका लागि सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालय जानुपर्ने हुन्छ ।
त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षाका जुनसुकै कामका लागि पनि बल्खु नै जानुपर्ने अवस्थाको अन्त्य गरी समयअनुसार त्रिविका शैक्षिक क्यालेन्डरलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको हो । आगामी दिनमा प्रमाणपत्र वितरणलगायत सबै कार्य अनलाइनमै गर्ने गरी तयारी भइरहेको पनि परीक्षा नियन्त्रक जोशीले जानकारी दिए ।
अनलाइन सेवामा २०५४ सालपछिका प्रमाणपत्रको काममात्र समेट्ने जानकारी परीक्षा नियन्त्रक जोशीले दिए । परीक्षा सुधारको मागसहित आन्दोलनरत त्रिविका विद्यार्थी नेताले त्रिविको यस कार्यलाई सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । त्रिवि स्ववियुका उपसभापति अनोज कार्कीले आफूहरुको १० सूत्रीय मागमध्येको एउटा महत्वपूर्ण माग पूरा भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार