झापादेखि कञ्चनपुरसम्म मिटरब्याज पीडितले पदयात्रा गर्ने
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १७:१५:५५
१५ माघ, काठमाडौं । सरकारले मिटरव्यज पीडितको समस्या समाधान नगरेको भन्दै मिटरब्याज पीडितहरुको एक समूहले झापा र कञ्चनपुरदेखि काठमाडौंसम्म पदयात्रा गर्ने भएको छ । मिटरब्याज र ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले मिटरब्याज पीडितहरुले १६ माघदेखि झापा र कञ्चनपुरबाट काठमाडौंतर्फ पैदलयात्रा सुरु गर्न लागेको जनाएको छ ।
झापा र कञ्चनपुरबाट सुरु हुने पदयात्रा चितवनमा भेट भई त्यहाँबाट काठमाडौंतर्फ गरिने संघर्ष समितिका संयोजक अवधेश कुशवाहले जानकारी दिए । मिटरब्याज पीडितहरुले यसलाई मिटरब्याजविरुद्ध न्याय मार्च नाम दिएका छन् ।
गाउँघरमा साहु महाजनबाट ऋण लिएका सर्वसाधारणसँग साहु महाजनले चर्को ब्याज लिने, ऋण लिएको भन्दा बढी रकम लिएको भनेर असुल्ने जस्ता समस्यालाई मिटरब्याज भन्ने गरिएको छ । सरकारले अनुचित लेनदेन नामकरण गर्दै यसलाई समाधान गर्न कानुनसमेत बनाएको छ । मिटरब्याज समस्या समाधान गर्न भन्दै सरकारले २०७९ चैत २० गते गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोगसमेत बनाएको थियो ।
जाँचबुझ आयोगले मधेशको जनकपुरधाममा कार्यालय राखी मिटरब्याज पीडितहरुबाट उजुरीसमेत लिएको थियो । उक्त समितिले काम सकेर प्रतिवेदनसमेत सरकारलाई बुझाइसकेको छ । तर आफूहरुको माग अझै पूरा नभएको भन्दै मिटरब्याज पीडित न्याय माग्दै काठमाडौं आउन लागेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
संवैधानिक इजलासबाट न्यायाधीश फुयाल बाहिरिएपछि ५२ जनाको विवादमा सुनुवाइ भएन
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार