दुई कार्यकाल बाँकी छदै भावी आईजीपीको वार्मअप
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार १४:१३:५६
१६ माघ, काठमाडौं । सशस्त्र प्रहरीमा दुई डीआईजीबीच प्रतिस्पर्धा शूरु भएको छ । अझै दुई पटक नेतृत्वको पालो नआउने भएपनि ती डीआईजीबीच प्रतिस्पर्धा शुरु भएको हो । एआईजी नारायणदत्त पौडेल वा गणेश ठाडा मगरको पालो सकिएपछि मात्रै अहिले पुरस्कारमा प्रतिस्पर्धा गर्ने डीआईजीको नेतृत्वमा पालो आउनेछ । नेतृत्वको पालो अगावै कोशी प्रदेशका डीआईजी अञ्जनीकुमार पोखरेल र मधेश प्रदेशका डीआईजी दीपेन्द्र शाहबीच प्रतिस्पर्धा शुरु भएको हो ।
मधेश प्रदेशका डीआईजी दीपेन्द्र शाहले उत्कृष्ट बाहिनीपति अवार्ड पाएपछि कोशी प्रदेशका डीआईजी अञ्जनीकुमार पोखरेल रातारात काठमाडौं आएर माओवादी नेताको सोर्समा संगठनको सबैभन्दा उच्च तहको सशस्त्र प्रहरी सम्मान लिन सफल भएपछि प्रतिस्पर्धा चुलिमा पुगेको चर्चा विभागभित्र चलेको छ ।
कोशी प्रदेशमा सन्तोषजनक काम नभएको, घुमुवाको नाममा विभागकै कर्मचारीमाथि हातपात गरेको, बीओपीहरुलाई अनावश्यक दुःख दिएको तथा मातहत निकायलाई काम लगाउन नसकेको, प्रहरी प्रधान कार्यालय र विभाग र तालिम केन्द्रसँग बाझिने काम गरेको आरोप खेपिरहेका पोखरेलले यसपटक उत्कृष्ट बाहिनी अवार्ड थाप्ने अपेक्षा गरेका थिए तर मधेश प्रदेशका डीआईजी शाहले उत्कृष्ट बाहिनी अवार्ड पाएपछि उनी रातारात काठमाडौं आइपुगेका थिए ।
पोखरेल काठमाडौं आएर माओवादीका उच्च नेता मार्फत तथा गृहमन्त्रीमार्फत सोर्स लगाएर सशस्त्र सम्मान पदक थाप्न सफल भए । विगतमा मधेश प्रदेशबाट उत्कृष्ट बाहिनी अवार्ड पाउनेहरू नै आईजीपी भएको इतिहास सम्झेर उनी अर्को सम्मानका लागि काठमाडौं आएका थिए ।
‘आईजी कमेन्डेसन’ खारेजीमा !
सशस्त्र प्रहरीले गत साता मंगलबार आफ्नो २३ औं वार्षिकोत्सव मनाइरहेका बेला घोषणा गरेको ‘आईजी कमेन्डेसन’ विवादमा परेपछि खारेजीको चरणमा पुगेको छ । पुरस्कार छनौट समितिका संयोजक एआईजी सीपी गौतमका कारण उक्त पुरस्कार विवादमा परेपछि वितरण नभई खारेजीको चरणमा पुगेको हो ।
वार्षिकोत्सवमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार दिने सन्दर्भमा आईजीपी सचिवलाय र मूख्यालयमा कार्यरत सबै कर्मचारीलाई ‘आईजी कमेन्डेसन’ दिन सिफारिस गरेपछि सो लफडा परेको हो । आईजीपी राजु अर्यालले संगठनबाट वितरण गरिने यो पुरस्कारको मापदण्ड के हो ? मुख्यालयमा बस्नु र सचिवालयमा कार्यरत रहनु मात्रै मापदण्ड हो ? भन्ने प्रश्न गरेका थिए । उनले सीमामा रातारात तस्करसँग लड्नेहरूलाई बाहिर राखेर यस्तो पुरस्कार सिफारिस गर्दा लाज लाग्नु पर्ने हो ? भन्दै गत सोमबार राती सो पुरस्कार रोकिदिएपछि अहिलेसम्म वितरण भएको छैन ।
एआईजी गौतमले राशनकाण्डमा मुछिएका एसपी त्रिभुवन विष्ट समेत पुरस्कारको सूचीमा राखेपछि थप विवाद भएको थियो । ‘ हेडक्वार्टरको ८० जना थिए,७५ जना हेडक्वार्टरको अधिकृत नाम थियो’, स्रोतले भन्यो‘सिपाही हवल्दारको त नाम नै थिएन’, केही असईदेखि डीआईजीसम्म थिए, पुरस्कार लिन तयार थिए’, स्रोतले भन्यो ‘तर आईजीपीले मापदण्ड विपरीत भएको भन्दै वितरण गर्न मानेन ।’ सधैं शक्तिकेन्द्रको आडमा मनपरी गर्दै आएका एसएसपी दीपेन्द्र कुँवरदेखि पहुँचवालाहरुनै देखिएका छन् ।
डीआईजी गणेश ठाडा मगर, एसएसपी राजेन्द्र खड्का, प्रकाश बस्नेत, एसएसपी होम ज्ञवाली, युवराज अर्याल देखि सचिवालयका सबै अधिकृत सो सूचीमा थिए । यसैगरी दैनिक आठ सय भन्दा बढी सशस्त्र प्रहरीको कमाण्ड गर्ने सशस्त्र कार्यदलका एसपी समिक महर्जनले पनि विशेष अवार्ड पाएपछि अर्को लफडा भएको छ । एआईजी सीपी गौतमले आईजीपीलाई खुशी पार्न भनेर उनको नाम हालेको तर यही कारणले आईजीपी रिसाएका छन् ।
विगतमा झापा गणमा सरुवा हुँदा शक्तिकेन्द्र लगाएर कार्यदल गणमा बसेका उनले करिब ३ सय जना विदा छाड्ने गरेको र रिफ्रेसर तालिमका नाममा सिपाही हवल्दारबाट राशनको पैसा असुली रहेकाे आरोप महर्जनलाई आईजीपीले यही माघ बाटै हटाउन लागेको अवस्थामा एआईजी गौतमले उनलाई नै अवार्ड सिफारिस गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार