मुद्राकोष भन्यो, ‘नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत’
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार १३:८:१
१७ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा पाँच प्रतिशतमा रहने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण आईएमएफले सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुक २०२४ मा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले पनि गत महिना जारी गरेको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर चारदेखि पाँच प्रतिशतको बीचमा हुने जनाएको थियो । आईएमएफका प्रमुख अर्थशास्त्री पीएरे ओलिभर गुरान्चासले विश्व अर्थतन्त्रमा मुद्रास्फिति निरन्तर घट्दै वृद्धितर्फ उन्मुख भएर सफ्ट ल्यान्डिङतर्फ उन्मुख भएको जारी प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उनले अर्थतन्त्र विस्तार सुस्त भएको जनाउँदै अगाडि बाधाहरू हुनसक्ने उल्लेख गरे । वल्र्ड इकोनोमिक आउटलुकका अनुसार विश्व अर्थतन्त्र सन् २०२४ मा तीन दशमलव एक प्रतिशतले वृद्धि हुने जनाइएको छ । प्रतिवेदनले अमेरिकाको आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशत हुने देखाएको छ ।
त्यसैगरी सन् २०२४ को मुद्रास्फिति दर ६ दशमलव सातले बढ्ने जनाएको छ । नेपालका दुई छिमेकी राष्ट्रहरू भारत र चीनको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत र चार दशमलव ६ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ । भारत निरन्तर तीब्र र आर्थिक वृद्धि गर्ने राष्ट्रमध्ये एक बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार