भारतको प्रधानन्यायाधीश गोगोईमाथि लागेको यौन उत्पीडन आरोपको सुनुवाइ
इन्द्र रिजाल
बैशाख ८, २०७६ आइतबार १७:९:११
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि लागेको यौन उत्पीडन सम्बन्धी आरोपको सुनुवाइ भएको छ ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रञ्जन गोगोई, न्यायाधीश अरुण मिश्रा र संजिव खन्ना रहेको विशेष बेन्चमा शनिबार सुनुवाई भएको हो । बेन्चले प्रधान न्यायाधीशमाथिको आरोप बारेमा अन्य न्यायाधीश सहितको एक विशेष वेञ्चमा सुनुवाई गर्ने जनाइएको छ ।
प्रधानन्यायाधीस गोगोई माथि उनकै एक पूर्व सहयोगी जुनियर असिस्टेन्टले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई हिजो पत्र लेखी आफूलाई गोगोईले सरकारी निवासस्थित कार्यालयमा गत वर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुव्र्यवहारको प्रयास गरेको बताएकी थिइन् ।
आफु गोगोईका प्रस्तावमा सहमत नभएपछि जागीरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोप लगाएकी छिन् । तर, प्रधानन्यायाधीश गोगोइले आरोपको खण्डन गरेका छन् ।
उनले आफूविरूद्ध अदालतका पूर्व कर्मचारीले लगाएको आरोप ‘अविश्वशनीय’ रहेको र यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाई गर्न रोक लगाउने प्रयासबाट प्रेरित अभिव्यक्ति मात्र भएको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार