रुसबाट भागेर आएका सुमन भन्छन, ‘रुसी सेनामा १५ हजार नेपाली छन्, ४ सयभन्दा बढी मारिए’
नेपालबहस संवाददाता
माघ १९, २०८० शुक्रबार १३:४५:५४
१९ माघ, काठमाडौं । रुसी फौजबाट भागेर दुई महिनाअगाडि आएका युवा सुमन राईले रुसमा १५ हजार हाराहारी नेपाली रुसी फौजमा रहेको र ४०० बढी मारिएको बताएका छन् । रुसी सेनामा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारको पत्रकार सम्मेलनमा उनले सुकेधाराको मेनपावरबाट भिजिट भिसामा रुस पुगेकै भोलिपल्ट भर्ना भएको बताएका छन् । आफूले एक महिना १८ दिन काम गरेर फर्केको उनले बताए ।
असोज १५ मा रुस पुगेका उनी तिहारको अघिल्लो दिन नेपाल फर्किएका थिए । आफ्नो लटमा भर्ना हुनेहरू ८ सय जना रहेको उनले सुनाए । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उद्धारका लागि सरकारसँग आग्रह गर्न पत्रकार सम्मेलन गरेका हुन् । सेनामा भर्ना भएका नेपालीका परिवारले सरकारसँग सहयोग मागेका छन् ।
उदयपुरकी टिना घिमिरेले आफ्नो श्रीमान पदम २ महिनादेखि सम्पर्कविहीन भएको बताइन् । उनका अनुसार सेनामा भएका पदमले २ पटक भाग्ने प्रयास गरेका थिए । तर दुबै पटक रुसी सेनाले समाएर लग्यो । त्यसपछि युद्धमा जान लागेको बेला आफूलाई कल गरेको सम्झँदै उनले त्यसपछि त्यहाँबाट फोन आएको छैन् ।
कार्यक्रममा सहभागीबीच रुवाबासी नै चल्यो । सतुंगलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको बताए । ७ लाख रुपैयाँ खर्च गएर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका सालो रामकुमार प्रधानसँग अन्तिम पटक २५ असोजमा कुराकानी भएको उनले बताए ।
उनीसँग बन्करमा भएका केही नेपाली घाइते भएको थाहा पाएको भन्दै उनले भने, ‘भाग्यो कि युक्रेनले समात्यो थाहा छैन ।’ खोटाङकी शिला राईले रुसी सेनामा भर्ना भएका दाइ रवीनकुमार राई घाइते अवस्थामा रहेका बताइन् । २१ दिनदेखि अस्पतालमा रहेका दाइलाई उद्धार गरिदिन उनले आग्रह गरिन् ।
पत्रकार सम्मेलनमा रुसी सेनामा भागेका आए सुमन राईले त्यहाँ करिब १४/१५ हजार नेपाली हुनसक्ने सुनाएका थिए । उनले रुसबाट उद्धार गरेर ल्याउन पनि सहज नभएको बताए । दलालीहरुले पैसाको लोभ देखाएर धरै नेपाली युवालाई रुसी सेनामा भर्ना हुने पठाएको उनकोभनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
निर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार