संसदको हिउँदे अधिवेशन चलेसम्म उपत्यका छाडेर बाहिर नजान आफ्ना सांसदलाई कांग्रेसको निर्देशन
नेपालबहस संवाददाता
माघ १९, २०८० शुक्रबार १७:२:१
१९ माघ, काठमाडौं । नेपाली कांग्रेसले संसदको हिउँदे अधिवेशन चलिरहेसम्म आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सांसदहरूलाई हिउँदे अधिवेशन नसकिएसम्म उपत्यका नछाड्न निर्देशन दिएको हो ।
प्रमुख सचेतक रमेश लेखकले बैठकले कांग्रेसका सबै सांसदहरूलाई निरन्तर सदन र समितिमा उपस्थिति हुनुपर्ने निर्देशन दिने निर्णय गरेको बताए । संसदको हिउँदे अधिवेशन आगामी माघ २२ गतेदेखि सुरु हुँदैछ । संसद अधिवेशन सुरु भएसँगै फागुनबाट आगामी वर्षको बजेट र नीति तथा कार्यक्रममा पनि छलफल अघि बढ्ने भएको छ ।
सदन र संसदीय समितिमा गणपूरक संख्या नपुगेको विषयमा बैठकको ध्यानाकर्षण भएको उनको भनाइ छ । समिति बैठकमा, मन्त्री र सांसद अनिवार्य उपस्थित हुन निर्देश गरिएको छ । साथै बैठकभर क्रियाशील रूपमा भाग लिन पनि भनिएको छ ।
‘संसद र संसदीय समितिमा गणपूरक नपुगिरहेकाले समिति र सदनमा मन्त्री अनिवार्य उपस्थित भएर सांसदका कुरा सुन्न भनिएको छ । सांसदहरूलाई पनि सदनको अधिवेशन चल्दासम्म कांग्रेस सांसदले राजधानी नछाड्ने । प्रमुख सचेतक र सचेतकबाट लिखित रूपमा अनुमति लिएर छाड्नुपर्ने निर्देश गरिएको छ’, लेखकले भने ।
बाँकी विधेयक चाँडो लैजान र विचाराधीन विधेयकलाई यही अधिवेशनबाट पारित गर्न सरकारलाई आग्रहसहित अन्य राजनीतिक दललाई पनि आवश्यक भूमिकाको लागि अपील गर्ने पनि बैठकले निर्णय गरेको छ । सदनको अधिवेशन चल्दासम्म कांग्रेस सांसदले राजधानी छाड्न नपाउने जानैपरे प्रमुख सचेतक र सचेतकबाट लिखित अनुमति लिएर छाड्नुपर्ने निर्देशन दिइएको पनि लेखकले बताए ।
यस्तै कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले समितिको संयोजक तोकेको हो । अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला पौडेल, कानुन न्याय तथा मानवअधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा कुशुमदेवी थापा संयोजक तोकिएकी छन् ।
त्यसैगरी महिला तथा सामाजिक मामिला आशा विक, राज्य व्यवस्था सुशासन समितिमा दीलेन्द्र प्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचनामा लिलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका छन् । पार्टी विधान अनुसार समावेशिताको सिद्धान्तअनुसार संयोजक तोकिएको नेता लेखकले जानकारी दिए ।
त्यस्तै कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने निष्कर्षमा पुगेको छ । चाँडै निर्वाचन गर्न कांग्रेस केन्द्रीय समितिलाई निर्वाचन समिति तोक्न आग्रह गरेका छाँै’, नेता लेखकले भने, ‘आउँदो केन्द्रीय समिति बैठकले निर्वाचन समिति तोक्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार