प्रधानमन्त्री र ल्हारक्याल मिलेर रामग्राम स्तूप ठेक्का दिने प्रक्रियामा ठूलो भ्रष्टाचार गरे: ओली
नेपालबहस संवाददाता
माघ २०, २०८० शनिबार १४:५०:४१
२० माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीको रामग्राम स्तूप निजी कम्पनीलाई दिन लागिएको विषयमा भ्रष्टाचार भएको बताएका छन् । रामग्राम ठेक्का प्रकरणमा भ्रष्टाचार भएको उनको भनाइ छ । ओलीले यसमा प्रधानमन्त्रीको सम्लग्नता विना ठेक्का प्रक्रिया अगाडी नबढेको बताए ।
शनिवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकास नभई रामग्राम परियोजना बनाएर भ्रष्टाचार गरेको बताए । सम्राट अशोकले २३ सय वर्षअघि नखोलेको रामग्राम अहिले खोल्ने काम भएको बताउँदै उनले देश विकास, समृद्धिका लागि भन्दा पनि आफ्नो व्यक्तिगत समृद्धिका लागि त्यसको योजना बनाएका दाबी गरे ।
रामग्राम विश्व सम्पदा सूचीमा पर्नुपर्ने ठाउँ रहेको, त्यहाँका एउटा इँटाको महत्व रहेको बताउँदै यूनेस्कोको सहमतिबिना त्यहाँ केही गर्न नपाइने बताए । अध्यक्ष ओलीले भने– ‘एउटा कम्पनी खोल्यो, वरिपरिका सयौँ बिघा जग्गा सस्तोमा किन्यो, त्यसको वरिपरि होटल बनाउने वा त्यो जग्गा महँगोमा बेच्ने यस्ता उद्देश्यले काम गरियो ।’
उनले लामाप्रति इसारा गर्दै भने, ‘बैंकको लकरमा राखेको सम्पतिमा गोली भेटिने, बुद्धमार्गी, शान्तिमार्गी लामाजी, बुलेट भनेको थाहा होला नी, बुलेट भनेको कुनै औषधी होइन, बुलेटले केही पनि बचाउँदैन, बुलेटले मार्ने विनास गर्ने काम मात्र गर्छ, अंगभंग गर्ने काम गर्छ । बैंकको लकरमा बुलेट, पेस्तोल खोइ ? बिना पेस्तोलको बुलेट मात्र बोकेर हिँड्दैन कसैले । पेस्तोल खोइ ? खोजी भएन ।’
यस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाइनु गलत भएको उनको भनाइ छ । किन बनाइयो भनेर आश्चर्य लागेको भन्दै उनले पछि थाहा पाइयो लुम्बिनीको विकास हैन, रामग्रामबाट विकास सोझ्याउने यो धन्दाका लागि रहेछ ।
उनले पुरातत्व विभागका कर्मचारीलाई जागिर खाने काम मात्र नगरी पुरातात्विक महत्वका सामग्रीको रक्षा गर्न आग्रह गरे । रामग्राम विश्व सम्पदा सूचीमा पर्ने कुरा भएको बताउँदै उनले यसमा अरबौँको परियोजनामा पैसा कसको लगानी हुने भन्ने प्रश्न गर्दै आफूले ताइवानी पैसा लगानी हुने सुनेको बताउँदै ठुलो भ्रष्ट्राचार तानाबाना बुनिएको दाबी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार