वडाबाटै वृद्धभत्ता पाउँदा मकवानपुरगढीका ज्येष्ठ नागरिक उत्साहित
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १२:२१:४९
२१ माघ, हेटौंडा। सामाजिक सुरक्षा भत्ता बापतको रकम मकवानपुरगढी गाउँपालिकाले वडाबाट वितरण गरेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् । मकवानपुरगढी गाउँपालिकाको – ८ वटै वडाहरू मध्ये पहिलो चरणको वडाबाट भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ ।
जसअन्तर्गत वडा नम्बर – ८ मा गत माघ-४ गते र वडा नम्बर-१ मा नै वडा स्तरबाट भत्ता वितरणको काम सम्पन्न भइसकेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए । वडा नम्बर-१ मा घुम्ती शिविरमार्फत् मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा अध्यक्ष आइत सिंह लोको हातबाट सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो ।
सुरुवात चरणमा गाउँपालिकाको केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्ध वृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि भौगोलिक रुपमा टाढा र विकट मानिएको मकवानपुरगढी गाउँपालिका भित्रका ८ वटा वडाहरूमध्ये वडा नम्बर-८ र वडा नम्बर-१ का सामाजिक सुरक्षाभत्ता लाभग्राहिहरुलाई वडा स्थरबाट सेवा दिने कामको सुरुवात गरेको र वडाबाट सामाजिक सुरक्षा भत्ता वितरणको काम १ नम्बर वडामा सम्पन्न भइसकेको स्याङ्तानले बताए । वडास्तरीय सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममार्फत २०३ जना लाभग्राही मध्ये १८३ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता रकम बुझेको पञ्जीकरण शाखा प्रमुख रघुनाथ हुमागाईंले बताए ।
हेटौंडा उपमहानगरपालिकासँग जोडिएको नजिकको पालिका भए पनि यस गाउँपालिकाका केही वडाहरु विकट र दुर्गममा रहेकाले विशेष गरी अहिले दोस्रो किस्ताअन्तर्गत वडा नम्बर -१ र वडा नम्बर – ८ लाई विशेष प्राथिमकतामा राखेर बैंकमार्फत् वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागेको र बाँकी रहेको वडाका लाभ ग्राहीहरुलाई नबिल बैंक मक्रान्चुली शाखा बाट वितरण भइरहेको र विस्तारै यो वर्ष भित्र सबै वडाका लाभग्राहीहरुलाई सामाजिक सुरक्षाभत्ता वडास्तरबाट वितरण गरिने हुमागाँईले बताए । वडाबाट बैंकमा भत्ता लिन पालिकासम्म आउन जान निकै कठिन हुने गरेको र झन धेरै मोटर भाडा लाग्ने गरेकोले अब आफुहरुले वडा वडाबाटै भत्ता बुझ्न पाएपछि वडा नम्बर-१ का लाभाग्राहिहरुको मुहारमा खुसी झल्किएको छ ।
पालिकासँगै रहेको नबिल बैंकमा घण्टौँसम्म लाइन लागेर वृद्धा भत्ता बुझ्न आएका -१ नम्बरका पूर्व वडा अध्यक्ष मानबहादुर घिसिङ यस आर्थिक वर्षको दोस्रो त्रैमासिक भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित हुँदै उनले पालिका र जनप्रतिनिधिलाई धन्यवाद दिए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार