गोँगबुस्थित नयाँ बसपार्कभित्र होटल सञ्चालन
नेपालबहस संवाददाता
माघ २६, २०८० शुक्रबार १२:१२:५७
२६ माघ, काठमाडौं । रातका समयमा काठमाडौं आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि गोँगबुस्थित नयाँ बसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रालिले होटल सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले यातायात व्यवसायीसँगको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुको खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको जानकारी दिए ।
उनले बसपार्कभित्र क्रमशः अन्य सेवासमेत विस्तार गर्दै लैजाने बताए । काठमाडौं महानगरपालिका–२६ गोँगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । पश्चिमको हुम्लाबाहेक सबै जिल्लामा बस आवतजावत गर्दै आएका छन् भने पूर्वमा सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत जिल्लामा सवारीसाधन जाँदैनन् ।
काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा २०५६ मा महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउदेश्यीय प्रालिसँग सम्झौता गरेर सञ्चालनको जिम्मेवारी दिएको हो । प्रविधिमैत्री टिकट बुकिङ काउन्टर स्थापना गरेर यात्रुलाई सेवा प्रदान गर्दै आएको लोत्सेले टिकटलाई अनलाइनमार्फत काट्न मिल्ने व्यवस्थासमेत मिलाउन लागेको छ । नयाँबसपार्कमा हाल एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन ‘पार्किङ’ गर्न मिल्छ । तर हाल जम्मा तीन सयदेखि तीन सय ५० सार्वजनिक सवारीसाधन मात्र पार्किङ भई सञ्चालन हुँदै आएका छन् अन्य सार्वजनिक सवारीसाधन भने नयाँ बसपार्कभन्दा बाहिर विभिन्न ठाउँमा पार्किङ गरेर सञ्चालन हुँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वी राजमार्गका होटल व्यवसायीलाई ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम
बैशाख ३०, २०८१ आइतबार
उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार