टेरामक्स खरिद प्रकरणः बहालवाला स्वास्थ्य मन्त्री बस्नेत, पूर्वमन्त्री कार्कीसहित डेढ दर्जन विरुद्ध मुद्दा दर्ताको तयारीमा अख्तियार
यी हुन् टेरामक्स खरिद प्रकरणमा संलग्न व्यक्तिहरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २६, २०८० शुक्रबार १२:४६:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/Teramocs_FdMfmMRAIC_JtJqogbFOe.png)
२६ माघ, काठमाडौं । बहालवाला स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बयान दिइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणको मुद्दालाई अदालत पठाउने तयारी गरेको छ । यसैसाता दुई नेताहरूले अख्तियार पुगेर बयान दिएपछि अख्तियारले मुद्दाको तयारी गरेको हो । त्यसका लागि अख्तियारले आफ्नो किसिमको तयारी थालेको स्रोतको दावी छ ।
टेरामक्स खरिद प्रकरणमा बहालवाला मन्त्री मात्र होइन, मुख्यसचिव र सचिवसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि पुगेका हुन् । टेरामक्स घोटाला काण्डमा पहिलोपटक बहालवाला स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतदेखि बहालवाला मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्यालसम्म अख्तियार पुगेर बयान दिएका थिए । उनीहरूको बयानले रोकिएको अख्तियारलाई मुद्दा लैजाने बाटो खुलेको स्रोतले जनाएको छ ।
त्यस्तै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र संघीय मामिला तथा सामान्य प्रशासन सचिव विनोदप्रकाश सिंहले पनि टेरामक्स घोटालामा अख्तियार पुगेर बयान दिइसकेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदाका बखत बस्नेतले टेरामक्स प्रविधि खरिदको सुरुवात गरेका थिए । त्यो बेलाका सञ्चार सचिव महेन्द्रमान गुरुङ पनि अख्तियारको फन्दामा परेका छन् । तत्कालीन सञ्चारमन्त्रीको हैसियतमा टेरामक्स खरिदमा संलग्न बहालवाला सांसद ज्ञानेन्द्रबहादुर कार्की र गोकुल बाँस्कोटाले पनि अख्तियार पुगेर बयान दिएका हुन् ।
तत्कालीन सञ्चारमन्त्री कार्कीको पालाका सचिव अर्याल ( हाल मुख्यसचिव) र सहसचिव सिंह (हाल सामान्य सचिव) टेरामक्स घोटालामा तानिएका छन् । उक्त खरिदमा संलग्न नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष द्वय दिगम्बर झा र पुरुषोत्तम खनालले अख्तियार पुगेर बयान दिइसकेका छन् । त्यस्तै कानुन सचिवको भूमिका निर्वाह गरिसकेका धनराज ज्ञवालीलाई समेत टेरामक्स खरिदमा अख्तियार बयान लिइसकेको छ । ज्ञवाली अहिले अवकाशको जीवन बिताइरहेका छन् । ।
टेरामक्स प्रविधि खरिदमा संलग्न दर्जनौं व्यक्तिलाई अख्तियारले बयान लिएर मुद्दा चलाउने तयारी गरेको छ । टेरामक्स खरिदमा अर्यालमाथि मुद्दा गयो भने बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लाग्ने अर्याल पहिलो व्यक्ति हुनेछन् । बहालवाला सचिव मधुकुमार मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेकाले र टेकनारायण पाण्डे जेलमा भैसकेकाले सचिव सिंहले भने रेकर्ड ब्रेक गर्ने छैनन् । गुरुङलाई पनि मुद्दा लागेमा कानुनद्वारा स्थापित राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त गुरुङको हकमा पनि रेकर्ड ब्रेक हुनेछ ।
बहालवाला मन्त्रीको हकमा जेपी गुप्तालगायतले रेकर्ड राखिसकेकाले स्वास्थ्य मन्त्री बस्नेतको पनि रेकर्ड ब्रेक हुने छैन । खरिद प्रकरणमा मुछिएका विजयकुमार रोय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सन्दीप अधिकारी, सुरेन्द्रलाल हाडा, कैलाश कार्की, मीनप्रसाद अर्याल, दीपेश आचार्य, अर्जुन घिमिरे, सूर्यप्रसाद लामिछाने, धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, चूडामणि चौलागाईं, हेमकुमार श्रेष्ठ, राममणि दुवाडी, टेकनाथ आचार्यलगायतसँग अख्तियारले दुई चरणको बयान लिएर प्रमाण जुटाइसकेको छ । ३ अर्बको सामान खरिद गर्दा करिब डेढ अर्ब घोटाला भएको उजुरीमा अख्तियारले अनुसन्धान गरेको थियो ।
उता संसदको लेखा समितिले पनि ५० करोड घोटाला भएको अनुमानसहित थप अनुसन्धान गर्न अख्तियारलाई आग्रह गरेको थियो । अख्तियारले गत मंसिरमै अनुसन्धान सकाएको भएपनि समितिमा विषय प्रवेश भएपछि रोकिएको थियो । अख्तियारले मुद्दा लैजाँदै गर्दा राजनीतिक नेतृत्व जोगिनसक्ने हो कि भन्दै एकथरीले आशंका गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूचना संकलन गर्ने गुप्तचरका एसपीमाथि आर्थिक संकलन गरेको आरोप
साउन ७, २०८१ सोमबार
क्यासिनो खोल्न पर्यटन विभाग कै डीजी पण्डितको चलखेल, करोडौंको बार्गेनिङ
साउन ६, २०८१ आइतबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बुधबार पनि आयो दोलखा भीमसेनको शिलामा पसिना, अनिष्ट हुने मान्यता
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
प्रहरीको लेखापाल सरुवामा पनि पर्यो सरकार परिवर्तनको असर, यस्तो छ २८९ जनाको सूची
साउन १२, २०८१ शनिबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
१७ वर्षीय युवकको मृत्यलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाब
साउन १२, २०८१ शनिबार
बागमतीमा जोड घटाउ मिलाएर कांग्रेसका ४ मन्त्रीलाई शपथ गराए पनि एक मन्त्रालय अझै पुगेन
साउन १२, २०८१ शनिबार
प्रहरीको लेखापाल सरुवामा पनि पर्यो सरकार परिवर्तनको असर, यस्तो छ २८९ जनाको सूची
साउन १२, २०८१ शनिबार
तरकारी खेतीबाट नाम र दाम दुवै
साउन १२, २०८१ शनिबार
विमान दुर्घटनामा परेकामध्ये ११ जनाको शव परिवारले लगे, विदेशीसहित ७ जनाको बाँकी
साउन १२, २०८१ शनिबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार