कम्बोडियामा बर्ड फ्लुले एक बालकको मृत्यु
नेपालबहस संवाददाता
माघ २६, २०८० शुक्रबार १९:५९:२९
२६ माघ, एजेन्सी । कम्बोडियाको स्वास्थ्य मन्त्रालयले नौ वर्षीय बालकको बर्ड फ्लुबाट मृत्यु भएको शुक्रबार बताएको छ । मन्त्रालयले भाइरसबाट जारी खतराको चेतावनीसमेत दिएको छ । बर्ड फ्लुबाट गत वर्ष तीन जनाको मृत्यु भएको थियो ।
उत्तरपूर्वी क्र्याटी प्रान्तका ती बालक आफ्नो परिवारसँग कुखुराको मासु खाएपछि बिमारी भएका थिए । उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएको थियो र बिहीबार उनको मृत्यु भयो ।
मन्त्रालयले परीक्षणहरूबाट बालकको मृत्यु बर्ड फ्लु भाइरसको अत्यधिक रोगजनक एच ५ एन १ स्ट्रेनबाट भएको बताएको छ । “प्रमाणअनुसार बिरामीको घरमा पाँच वटा कुखुरा र तीन वटा हाँस मरेका छन्, उनीहरूले कुखुरा र हाँसको मासु पकाएर खाएका थिए”, मन्त्रालयले भनेको छ ।
स्वास्थ्य अधिकारीहरूले भाइरसको स्रोतको अनुसन्धान गरिहेको र थप मामिला खोजिरहेको पनि मन्त्रालयले बताएको छ । “स्वास्थ्य मन्त्रालय पुनः सबैलाई बर्ड फ्लुप्रति सतर्क रहन स्मरण गराउँछ किनकी एच५एन१ हाम्रा जनताको स्वास्थ्यका लागि खतरा बनेको छ”, मन्त्रालयले भनेको छ ।
गत वर्ष राज्यमा बर्ड फ्लुबाट दुई वर्षकी बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको थियो । सन् २०२१ को अन्त्यदेखि युरोप बर्ड फ्लुको सबैभन्दा खराब प्रकोपबाट प्रभावित भएको छ । उत्तर र दक्षिण अमेरिकाले पनि गम्भीर प्रकोपको सामना गर्नुपरिरहेको छ ।
बर्ड फ्लुका कारण संसारभरमा लाखौँ घरेलु कुखुरा मारिएको छ । तिनीहरूमध्ये धेरैमा एच५एन स्ट्रेन थिए । यसै महिनाको प्रारम्भमा चेक गणतन्त्रमा एक लाख ४० हजार कुखुरा मारिएको थियो । वैश्विक प्रकोप हजारौँ जङ्गली पक्षीहरूको मृत्युका लागि पनि जिम्मेवार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार